नवीन रायमाझी
डि.सी कमिक्सको लोकप्रिय चरित्र ‘ब्याट म्यान’को काल्पनिक कथामा निर्माण भएको सिनेमा ‘द ब्याटम्यान’ विश्वव्यापी रुपमा रिलिज भएकाे छ। मुख्यत बालबालिकाकाे लागि निर्माण हुने यस्तो ‘सुपर हिरो’को सिनेमा हेर्ने दर्शकहरुमा बयस्क पनि हुने गर्छन। ब्याट म्यान फ्रेञ्चाईजकाे यो सिनेमालाई डि.सी कमिक्सले निर्माण गरेको हाे भने वार्नर ब्रदर्सले वितरण गरेको हो।
एक्सन र क्राईम जनराको सिनेमाका जादुगर मानिने निर्देशक मेट रिब्सले यो सिनेमालाई पनि यति तिब्र गतिको बनाएका छन् कि दर्शकहरुलाई कुन बेला सिनेमा सकियाे भन्ने पत्ताे नै हुँदैन। यो निर्देशकको प्रमुख सफलता हो।
सिनेमाको कथाअनुसार गाथम नामको एक काल्पनिक शहरमा अर्ध पागल जस्तो देखिने खतरनाक हत्यारा रिड्लर (पल डानो) को राज छ। ऊ त्यो स्थानका निर्दोष मान्छेहरुलाई बिनाकारण दु:ख दिन्छ वा ज्यानसम्म पनि लिन्छ। उसको यो अत्याचारबाट मुक्ति दिलाउन ब्याट म्यानको रुपमा एक अर्बपति ब्रुस वेन (रबर्ट पेटीनसन) को आगमन हुन्छ। ब्याटम्यानको आगमनपछि खलनायकलाई अत्याचार गर्न कठिन हुन्छ। के ब्याट म्यानको हो भन्ने थाहा हुन्छ ? ब्याट म्यानले खलनायकको अत्याचारबाट निर्दोष मान्छेहरुलाई मुक्ति दिलाउन सफल हुन्छन ? यो ने सिनेमा को प्रमुख ‘सस्पेन्स’ हो। सिनेमालाई अघि बढाउन जाँच अधिकारी कर्नेल जेम्स गार्डेन (जेफ्री राईट), सेलिना काईल (जो केबित्ज), ओज (केलिन फेरेल)लगायतका चरित्रको उप–कथाहरु पनि जोडिएको छ, जो रोचक छ।
अभिनयको बिषयमा सबै कलाकारहरुले सामान्य अभिनय गरेका छन्। स्पेसल र भिजुयल ईफेक्टको सहायतामा तयार गरिएको सिनेमामा अभिनयको खासै काम हुँदैन तर व्यवसायिक कलाकारहरु भएको कारण सबैको अभिनयमा खोट लगाउने ठाउँ छैन। सिनेमाको प्रमुख आकर्षण एक्सन नै हो। एक्सन निर्देशक रबर्ट अलोनोजले आफ्ना दुई सयभन्दा बढी सहयाेगीसँग मिलेर मुटु सिरिङ्ग पार्ने एक्सन प्रस्तुत गरेका छन। जसमा गाडीको एक्सन भव्य छ। निर्देशक रिब्सले पिटर क्रेग र बिल फ़िङ्गरसँग मिलेर लेखेको स्क्रिप्टको गति निकै तेज छ, जसलाई राम्रै मान्नुपर्छ। सिनेमाको मुटु मानिने पार्श्व संगीत माईकल ग्लेसिनोले दिएका छन, जो उत्कृष्ट छ। स्टुडियोमा क्रोमामा कम्प्युटरको सहयोगमा खिचिएको सिनेमा भएको कारण छायांकनलाई सामान्य नै मान्नुपर्छ।
विशेषत यो सिनेमा बच्चाहरुको लागि निर्माण गरिएको हो तर सबै खाले उमेरका दर्शकहरुलाई मनोरञ्जन हुने कुरामा दुई मत छैन। एक्सन मन पराउने दर्शकहरुको लागि यो सिनेमा राम्रो लागे पनि भावनात्मक सिनेमाका दर्शकहरुलाई भने बेमतलबको पनि लाग्न सक्छ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया