दक्षिण नाइजेरियामा बस र ट्रक ठोक्किँदा बाह्र यात्रुको मृत्यु

File Photo
File Photo

नाइजेरियाको दक्षिणपश्चिम सहरमा शनिबार बिहान बस र ट्रक ठोक्किदाँ १२ यात्रुको मृत्यु भएको प्रहरीले जनाएको छ।देशको दक्षिणी भागमा रहेको क्वारा र ओयो राज्यहरूलाई जोड्ने इलोरिन–ओग्बोमोसो सडकको छेउमा रहेको ओटे टाउननजिकै बस र ट्रक ठोक्किदाँ सवारीसाधनमा भएको आगलागिमा परी अन्य छ घाइते भएका बताइएको छ।  

घटनामा १८ जनाको संलग्नता रहेको बताइएको छ।घाइते र शवलाई इलोरिनको सरकारी अस्पतालमा लगिएको छ।अधिकारीहरुले सवारी चालकहरूलाई सडक सुरक्षा नियमहरु पालना गर्न सल्लाह दिएका छन् ।घातक सडक दुर्घटनाहरू नाइजेरियामा प्रायः भएको पाइन्छ , प्रायः ओभरलोडिङ, खराब सडक अवस्था, र लापरवाह ड्राइभिङको कारणले गर्दा दुर्घटना हुने गरेको समाचारमा जनाइएको छ। 

प्रकाशित मिति: : 2022-03-13 16:11:00

प्रतिकृया दिनुहोस्