बिएल संवाददाता
निर्वासित तिब्बती धर्मगुरू दलाई लामाको सरकारका प्रमुख निर्वासित प्रधानमन्त्री सिक्योंग पेनपा छिरिङले नेपालका नवनिर्वाचित प्रधानमन्त्री माननीय बालेन्द्र शाहलाई बधाई दिएका छन्।
सिक्योंगले केन्द्रीय तिब्बती प्रशासन तथा तिब्बती जनताको तर्फबाट २७ मार्च २०२६ मा शपथ ग्रहण गरेका नेपालका प्रधानमन्त्री शाहलाई शुभकामना व्यक्त गरेका हुन्।
आफ्नो बधाई सन्देशमा सिक्योंगले लेखेका छन्, ‘हालैको जेन–जेड नेतृत्वको आन्दोलनपछि सबैभन्दा कम उमेरका प्रधानमन्त्रीका रूपमा तपाईंको उदय हुनु, विशेषगरी युवा पुस्तासहित नेपालका जनताको आकांक्षाको शक्तिशाली प्रतीक हो।’
उनले नेपाल र तिब्बतबीच पुस्तौँदेखि कायम ऐतिहासिक तथा आध्यात्मिक सम्बन्धहरू अत्यन्त गहिरो रहेको उल्लेख गरेका छन्।
तिब्बतमा जबरजस्ती कब्जापछि शरण लिन नेपाल आएका तिब्बती समुदायले आफ्नो पहिचान जोगाउँदै नेपालको सामाजिक तथा आर्थिक क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउँदै आएका उनले नेपालका प्रधानमन्त्रीलाई स्मरण गराएका छन्।
तिब्बतीहरूले नेपालमा आफ्नो पहिचान कायम गर्न सक्नुमा नेपाल सरकार र नेपाली जनताको उदारताको कारण सम्भव भएको उल्लेख गर्दै उनले कृतज्ञता व्यक्त गरेका छन्।
उनले लेखेका छन्, ‘नेपालको इतिहासको यस महत्वपूर्ण अवधिमा तपाईंले देशको नेतृत्व गरिरहनुभएको अवस्थामा मेरो हार्दिक बधाई तथा सफलताको शुभकामना स्वीकार गर्नुहोस्। तपाईंको सक्षम नेतृत्वमा हाम्रो जनताबीचको मित्रता अझ सुदृढ हुँदै जाने अपेक्षा गर्दछौं, र नेपाल प्रगति, समृद्धि तथा सकारात्मक परिवर्तनतर्फ अघि बढोस् भन्ने कामना गर्दछौं।’
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया