बिमला गुप्ता
पर्साको पोखरीया नगरपालिकाले महिलाहरुको प्रजनन स्वास्थ्य सम्बन्धी दुईदिने घुम्ती शिविर सुरु गरेको छ।
उपमेयर सलमा खातुनको नगरस्तरीय बजेटबाट सो शिविर सुरु भएको हो।
महिलाहरुमा बढि आङ खस्ने र पाठेघर सम्बन्धी क्यान्सर तथा संक्रमण हुने भएकाले प्रजनन स्वास्थ्य सम्बन्धी शिविर सुरु गरिएको उपमेयर खातुनले बताइन्।
शिविरको पहिलो दिन आज वडा नं. ३ बसन्तपुर स्वास्थ्यचौकीमा जम्मा ४८ जना महिलाहरुको निशुल्क चेकजाँच गरिएको थियो।
जसमध्ये ६ जना महिलाहरु पाठेघर सम्बन्धी आङ खस्ने समस्या भएकाले शल्यक्रिया गर्नुपर्ने पोखरीया अस्पतालका डा. संजय गुप्ताले बताए।
स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. गुप्ताका अनुसार ती महिलाहरु को शल्यक्रिया प्रदेशको स्वास्थ्य निदेशनालयअन्तर्गत पोखरीया अस्पतालमा निशुल्क हुने बताए।
ग्रामीण महिलाहरुमा पाठेघरका समस्या बढि हुने गरेको तर आर्थिक अभावका कारण उपचार गराउन नसक्ने भएकाले प्रजनन स्वास्थ्य सम्बन्धी शिविरको आयोजना गरिएको उपमेयर खातुनले बताइन्।
'गाउँघरका महिलाहरुमा कामको चाप बढि हुने गरेको र सुत्केरी स्याहारमा खासै ध्यान नदिने भएकाले उनीहरुमा पाठेघरको समस्या बढि हुन गरेको देखिएको छ, ती महिलाहरुमा पाठेघर सम्बन्धी क्यान्सर जस्ता गम्भीर समस्या नहोस भन्ने उद्देश्यका साथ यो शिविर संचालन गरेकी हुँ' उनले भनिन्।
दुईदिने निःशुल्क शिविरको दोस्रो चरणको चेकजाँच आउँदो आइतबार बिहान १० बजे पोखरीया अस्पतालमा हुने स्वास्थ्य संयोजक कुशलेन्द्र मिश्रले बताए।
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया