बिमला गुप्ता
नेपाली कांग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्रीले कहिल्यै झुठो कुरा नगर्ने पार्टी कांग्रेस रहेको दाबी गरेका छन्।
वीरगन्ज महानगरपालिका वडा नं १३ मा शनिबार पार्टी प्रवेश कार्यक्रममा उनले हरेक धर्म जाति र समुदायलाई समेटेर हिड्ने पार्टी कांग्रेस रहेको बताए।
'विकासको कुरा गर्ने पार्टी कांग्रेस हो हाम्रो पार्टीले कहिल्यै झुठो कुरा गर्न सक्दैन' उनले भने ‘हामीले कहिल्यै हिन्दु मुस्लिम र मधेसी पहाडीको नाममा राजनिति गरेनौँ तर विगतमा त्यस्तै कुरा गरेर मधेसी दलहरु अगाडि बढे।'
जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी नेपाललाई कटाक्ष गर्दे उनले भने, 'मधेस आन्दोलनमा मधेसी महिलाहरु घरघरबाट आन्दोलनमा ओर्लीए तर आज पार्टीले टिकट भने मधेसी दलका नेताहरुको श्रीमतिलाई दिइरहेको छ।'
सो कार्यक्रममा उनले एमाले पार्टी पनि मधेस विरोधी पार्टी रहेको बताए। 'मधेस आन्दोलनमा गोली चलिरहँदा केपी ओलीले भनेका थिए, रुखबाट दईचार वटा आँप खस्दैमा केहि फरक पर्दैन आज त्यहि एमालेको पक्षमा यहाँका जनप्रतिनिधिहरु लागी परेका छन्।'
अहिले जनताको हित भन्दा पनि पार्टीको टिकटको लागी भागदौड चलिरहेको सभापति क्षेत्रीले बताए।
शनिबार भएको पार्टी प्रवेश कार्यक्रममा जनता समाजवादी पार्टीका वीरगन्ज महानगरपालिका नगर उपाध्यक्ष शेख रुस्तम र वडा नं १३ का वडा सदस्य विगन देवी लगायत नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।
जसपा महानगर उपाध्यक्ष शेख रुस्तम जनता समाजवादी पार्टी परित्याग गरी कांग्रेस प्रवेश गरेका हुन्।
नेता रुसतमको नेतृत्वमा करिब २ सय जनाले जसपा परित्याग गरेर कांग्रेस प्रवेश गरेको दाबी गरिएको छ।
नव–प्रवेशीहरुलाई प्रमुख अतिथि नेपाली कांग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्री उपसभापति रामनारायण कुर्मी, नेता अनिल रुङ्गटा, सचिव इम्तियाज आलम, अरबिन्द कुमार गुप्ता लगायतकाले पार्टीमा स्वागत गरेका थिए।a
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
इतिहास फेरिन्छ– जब जनताको चेतनाले ‘नयाँ अध्याय’ लेख्छ
सच्चिएनन् पुराना दल, बरू भए सक्किन तयार
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
रापिएको ‘रविमण्डल’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया