आइतबार, १७ अगस्ट २०२५

कांग्रेसबाट परिवर्तन गाउँपालिकामा चन्दको उम्मेदवारी दर्ता

News Image
• • •

परिवर्तन गाउँपालिका अध्यक्षमा नेपाली काँग्रेसबाट विश्वकुमार चन्दले उम्मेदवारी दर्ता गराएका छन्। कार्यकर्ताहरूको बाक्लो उपस्थितिसहित चन्दले आफ्ना सबै प्यानलसहितको उम्मेदवारी दर्ता गराएका हुन्।

रोल्पा उद्योग वाणिज्य संघको निवर्तमान अध्यक्ष चन्दले परिवर्तन गाउँपालिकाको मुहार फेर्ने भन्दै गाउँपालिका अध्यक्षमा उम्मेदवारी दिएको बताएका छन्।

यस्तै वडाध्यक्षहरूमा १ मा दिलमन पुनमगर, २ मा नन्दकिशोर डाँगी, ३ मा खिमविक्रम चन्द, ४ मा जय बहादुर बुढामगर, ५ मा रणबहादुर पुनमगर र ६ मा भरत बुढामगरले पनि उम्मेदवारी दर्ता गराएका छन्।

सोमबार, बैशाख १२, २०७९
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)