बिमला गुप्ता
वीरगन्जमा भोजपुरी प्रतिष्ठानको आयोजनामा १५ दिने अभिनय कार्यशाला सुरु भएकाे छ।
सोमबारबाट सुरु भएकाे कार्यशालामा महिला र पुरुष गरी १५ जना पशिक्षार्थीकाे सहभागिता रहेकाे छ।
प्रतिष्ठानका कार्यकारणी सभा सदस्य तथा अभिनय कार्यशालाका संयोजक कामेश्वर चौरसियाको अध्यक्षतामा भएको कार्यक्रमा प्रशिक्षक सरिता साहले अभिनयको क्षेत्रमा विकास हुने आशले कार्यक्रमकाे अायाेजना गरेकाे बताइन्।
लघु फिल्म निर्माण गरेकी उनले पशिक्षार्थीहरुलाई यस मौकाको सदुपयोगका निम्ति तत्परता राख्न सुझाव दिइन्।
अर्का प्रशिक्षक रंगकर्मी अनिल कुर्मीले अभिनय सिक्नेभन्दा आफूभित्र जागृत गराउने विषय रहेको बताए। उनले यहाँ अनुभवको आदानप्रदान, प्रयोगात्मक अभ्यासजस्ता माध्यमहरु अपनाइने बताए।
कार्यक्रमका अतिथी फिल्म निर्माता बुद्धीप्रसाद पन्त (हरी)ले आफूले विगतमा वीरगन्जमा बसेर नेपाली चलचित्र निर्माण गर्दा मुख्य कलाकार, साना पात्र, प्राविधि, स्टुडियो लगायत सबै चिजका लागि काठमाडौंमाथि निर्भर हुनु परेको अनुभव सुनाए।
वीरगन्ज मेनरोड नेपाली सेनाको बैरेक नजिक रहेको ‘क्लासिक बैंकेट’मा आयोजित कार्यक्रममा स्वागत मन्तव्य राख्दै प्रतिष्ठानका कार्यकारणी सभा सदस्य अजमत अलिले आफूहरुले प्रतिभाहरुलाई उजागर गर्न खोजेको बताए।
भारतबाट आएका भोजपुरी अभियानकर्मी निरज मिश्राले कार्यक्रमकाे लागि शुभकामना दिए।
कार्यक्रममा प्रतिष्ठानका कार्यकारणी सभा सदस्यहरु अनिता साह, रितेश त्रिपाठी, रितुराज, अशोक कुशवाहा लगायतको सहभागिता रहेको थियो।
यसअघि प्रतिष्ठानका अध्यक्ष उमाशंकर द्विवेदीले बाहिरबाट आएका प्रशिक्षकहरुलाई प्रतिष्ठानको कार्यालयमा स्वागत गर्दै कार्यक्रम सफलताका लागि शुभकामना दिएका थिए।

नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया