गुठीचौरका लागि म सक्षम उम्मेदवार हुँ : हरिबहादुर भण्डारी

Breaknlinks
Breaknlinks

जुम्लाको पूर्वी भेग दानसाँघुदेखि माथि तिला नदीको किनारै किनार वारिपारि देखिने गाँउहरुले गुठीचौर गाउँपालिकालाई जनाउँछन्। त्यस अलावा चौधबीसको आधा भूगोल र सिंगो गुठीचौर पाटन गाउँपालिका हो। जो भौगोलिक रुपले साह्रै विकट भएपनि सुन्दर छ। मनमोहक छ। पर्यटकको मन लोभ्याउने खालको छ।

देशमा संघीयता आइसकेपछि पहिलो पटक भएको स्थानीय तहको निर्वाचनमा गुठीचौर गाउँपालिकाको अध्यक्षमा हरिबहादुर भण्डारी निर्वाचित भए। लामो समय निजामती कर्मचारीमा काम गरिसकेका उनको नेतृत्वमा गुठीचौरले परिवर्तनको महसुस गर्न सकेको दाबी छ।

बाटोघाटो सबै पालिकाको पहिलो प्राथमिकता परेको बेला गुठीचौर पृथक हुन सकेन। त्यसैले उसले पनि सबै वडामाका सबै गाउँमा बाटो पुर्‍याउने अभिभारा पूरा गर्‍यो। परिणामा आज गुठीचौर गाउँपालिकाका २२ वटै गाउँमा बाटो पुगेको छ।

‘त्यस अलबा लिफ्ट सिचाइँ। सबै गाउँमा बिजुली पुग्ने लगायतका काममा हामी सफल भयौं,’ भण्डारीले भने,‘यो अवधिमा पुरानालाई मर्मत र दुई वटा नयाँ आयोजना मार्फत् गुठीचौरलाई उज्यालो बनाइएको छ।’

उनकाअनुसार एक नम्बर वडामा ढाई करोड लगानीको बिजुली भर्खरै बालिएको छ भने दुई नम्बर वडामा ३ करोड ५६ लाख लगानीमा सौर्य उर्जाबाट जेठको अन्तिसम्म बिजुली बाल्ने तयारी रहेको छ।

यसरी जनताको घरदैलोमा विकास पुर्‍याउन सक्रिय भण्डारी आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पनि अध्यक्ष पदको उम्मेदवार बनेका छन्। आफूलाई सक्षम नेतृत्वको रुपमा उभ्याएका उनले जनतालका आशा र विकासप्रतिको तिब्र भोग मेटाउन सकिएकै कारण पनि आफू जित्ने दाबी गरिरहेका छन्।

हरेक स्थानीय तहसँग थुप्रै अलमलहरु थिए। संघीयता कार्यान्वयनका थुप्रै कठिनाइहरु थिए। यी चुनौतीका पहाड बनेर उभिइदिए पनि अध्यक्ष बनेका भण्डारीलाई भने कुनै टन्टा थिएन। किनकी उनी नेपाल सरकारको शाखा अधिकृत रिटार्ड भएको हुनाले थुप्रै कानुन बनाउन सहज भयो। यो ५ वर्षको अवधिमा ४८ वटा कानुन बनाएर लागु गरिएका छन्।

‘शिक्षा, स्वास्थ्यलगायतका अत्यावश्यक कुरामा भएका बाधा अड्चन फुकाउनलाई कुनै कसुर बाँकी राखिएन,’ उनले भने,‘स्थानीय तह जनतालाई प्रत्यक्ष रुपमा सेवा दिने सरकार भएको हुनाले डोर टु डोर सर्भिसलाई प्राथमिकतामा दियौं। हामीलाई प्रदेश र संघको पनि राम्रो सहयोग प्राप्त भयो।’

माथिल्ला तहका सरकारले दिने विकास बजेट आफ्नो स्थानीय तहमा ल्याउने र त्यसको प्रभावकारी परिचालन गर्न सक्ने खुबी भएका भण्डारी आफ्नो यही बानीका कारण पनि जनताले जिताउनेमा दुई मत नरहेको बताइरहेका छन्।

उनको दृध संकल्प भनेकै जनताको आशा र अपेक्षालाई अपेक्षित भरोसामा बदल्नु हो। त्यसले नै तमाम जनताका मुहाहरु खुसी किरणले उज्यालो बनाउन सकिने उनको मत छ।

‘हामीबाट जनता निकै सन्तुष्ट छन्। तर, अनपेक्षित रुपमा व्यहोर्नुपरेको कोभिडले विकास निर्माणको गतिलाई सुस्त गराइदियो,’ उनले भने,‘यसले घोषणापत्रमा लेखेजति काम गर्न दिएन। तर, कोभिडको डरलाई चिर्दै अगाडि बढेर जनताको सेवा गर्न सिकयो। जनताको आधारभूत आवश्यकतालाई ख्याल गर्न सकियो यही नै ठूलो कुरा थियो।’

कोभिडको त्रासले गाउँ घरलाई थाइथाइ पारेपछि सहर छोड्नेको लर्काे थियो। सहरमा कोरोनाको डरले निस्सासिएका जनतालाई नेताहरुले गाउँ पठाउने प्रबन्ध मिलाउँदै थिए। यस्तो बेला गुठीचौर किमकर्तव्यविमुड भएन।

‘गाउँपालिकाका जनतालाई दुईटा बसबाट जुम्ला ल्याइयो। सुर्खेत र नेपालगञ्जबाट समेत गरी २०० जनालाई १४ दिन क्वारेन्टाइनमा राखियो,’ उनले भने,‘क्वारेन्टाइनमा बस्न नमानेकालाई भत्ता समेद दिएर उत्साहित गरिएको थियो।’

त्यसरी नै हरेक वर्ष केभिडका नयाँ–नयाँ भेरियन्ट आउन थालेपछि पालिकामै अक्सिजन प्लान्ट सहितको ५ शैयाको कोभिड हस्पिटल पनि स्थापना गरिएको थियो।

उक्त कोभिड अस्पताल आज स्तरोन्नती भएर ३५ बेडको अस्पतालमा परिणत भएको छ। जहाँ बेलाबेलामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट डाक्टरहरु बोलाएर जनताको स्वास्थ्य परीक्षण गर्ने काम भइरहेको छ।

शिक्षा, स्वास्थ्य, यातायात लगायतका क्षेत्रमा गुनासो गर्ने ठाउँ नराखी विकास गर्न सक्नु नै ठूलो उपलब्धि भएको हुनाले अधुरा काम गर्ने र नयाँ विकासको ढोका खोल्नलाई पनि पालिकाको लागि आफू सक्षम उम्मेदवार भएको उनले बताए।

प्रकाशित मिति: : 2022-04-27 21:30:00

प्रतिकृया दिनुहोस्