सोमबार, ११ अगस्ट २०२५

प्रतितोला रू ८०० ले घट्यो सुनको मूल्य

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैँ
File Photo
• • •

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ८०० ले घटेर रु ९८ हजार २०० तोकिएको छ।पहेंलो धातु अघिल्लो दिन प्रतितोला रु ९९ हजारमा कारोबार भएको थियो।     
     
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ हजार ७०० तोकिएको छ।यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९८ हजार ५०० थियो। 

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १० ले घटेर रु एक हजार २९० मा आएको महासङ्घले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८८३ डलर आसपास कारोबार भइरहेको छ।  

सोमबार, बैशाख १९, २०७९
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)