मङ्गलबार, २३ सेप्टेम्बर २०२५

दलहरुले जनभावनाको अपमान गर्दा बालेनहरूलाई मत

अनलाइनखबर

अनलाइनखबर

सइन्द्र राई
News Image
• • •

काठमाडौं महानगरपालिकाको मतगणना सकिएका चारवटै वडा (१, २, ३ र ५) मा वडाध्यक्षमा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन् । गणना भइरहेका सातमध्ये दुई वडामा एमालेकै अग्रता छ भने बाँकी वडामा नेपाली कांग्रेसको अग्रता छ । तर मेयर पदमा चाहिं गैरदलीय उम्मेदवार बालेन्द्र साह (बालेन)को अग्रता फराकिलो बन्दै गएको छ ।

नेकपा एमालेका उम्मेदवार केशव स्थापित र नेपाली कांग्रेसकी सिर्जना सिंहले ल्याएको मत जोड्दा पनि बालेनले ल्याए बराबर पुग्दैन । बुधबार साँझसम्म साहले १७ हजार ६४३ मत पाउँदा स्थापितले नौ हजार ११० र सिंहले आठ १६७ मत ल्याएकी छन् । लौरो चिन्हमा परेको उत्साहजनक मतकै कारण बालेनले एकपटक पनि पछि पर्नुपरेको छैन । जबकि कांग्रेसका संस्थापक नेता गणेशमान सिंहकी बुहारी समेत रहेकी सिर्जना सत्तारुढ पाँच दलका साझा उम्मेदवार हुन् भने एमालेका स्थापित पूर्वमेयर हुन् । २०५४ को चुनावमा ८४ हजार बढी मत ल्याएर स्थापित मेयर बनेका थिए ।

 

बिहिबार, जेठ ०५, २०७९
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)