आइतबार, १७ अगस्ट २०२५

मिथिला नगरपालिकाको प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले विजयी

News Image
• • •

मिथिला नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्। कांग्रेसबाट प्रमुख पदका उम्मेदवार महेन्द्र महतो ९१ मतान्तरले निर्वाचित भएका छन्।

निर्वाचित महतोले सात हजार ३१ मत प्राप्त गरेका छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले)का राजाराम महतोले छ हजार ९४० मत प्राप्त गरे।

त्यसैगरी उपप्रमुखमा भने एमालेका उम्मेदवार सुनिता सिंह बुढाथोकी निर्वाचित भएका छन्। उनले आफ्ना निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार निर्मला कोइरालालाई ६७९ मतान्तरले पराजित गरेका छन्।

उपप्रमुखमा निर्वाचित भएकी बुढाथोकीले सात हजार ४१४ मत प्राप्त गरेकी छन् भने कांग्रेसका कोइरालाले छ हजार ७३५ मत पाएकी छन्।

विसं २०७४ को चुनावमा मिथिला नगरपालिकामा प्रमुख र उपप्रमुखसहित बहुमत वडाध्यक्ष एमालेले जितेको थियो। एघार वडा रहेको सो नगरपालिकामा यसपटक पाँच वडामा एमाले, चारमा कांग्रेस र दुई वडामा एकीकृत समाजवादीले जितेको छ।

शुक्रबार, जेठ ०६, २०७९
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)