ईश्वरी राई (इशु)
चाबहिलको सेन्ट लरेन्स कलेजका संयोजकले विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको विरुद्ध विद्यार्थीहरुले माइतीघरमा प्रदर्शन गरिरहेका छन्।
उनीहरुले यौन दुर्व्यवहार गर्ने संयोजकलाई कडा कारबाहीको माग गर्दै बिहीबार माइतीघरमा प्रदर्शन गरेका हुन्।
प्रदर्शनमा सेन्ट लरेन्स कलेज, मदन भण्डारी मेमाेरियल कलेज, लुम्बिनी एकेडेमी र कान्तिपुर एकेडेमीका विद्यार्थीहरु सहभागी छन्।
यसअघि सेन्ट लरेन्स कलेजका विद्यार्थीहरुले यौन दुर्व्यवहारकाे विराेधमा प्रहरी वृत्त, गौशालामा आएर प्रदर्शन गरेकाे थिए।
सेन्ट लरेन्सका विद्यार्थीहरूले कलेजका संयोजक जनार्दन अधिकारीले दुर्व्यवहार गरेको भन्दै मंगलबार प्रहरी वृत्त, गौशालामा किटानी जाहेरी दिएका छन्।
संयोजक अधिकारीलाई प्रहरीले पक्राउ गरिसकेकाे छ भने अनुसन्धानका लागि अदालतले पाँच दिन हिरासतमा राख्न अनुमति दिएको छ।






माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया