अभिनेता स्पेसीमाथि तीन पुरूषलाई यौन शाेषण गरेको आरोप

Photo: Agency
Photo: Agency

बेवी ड्राइभर (२०१७), अमेरिकन ब्युटी (१९९९), आउटब्रेक (१९९५) जस्ता सुपरहिट सिनेमाका अभिनेता केबिन स्पेसीमाथि बेलायतको क्राउन प्रोटेक्शन सर्विसेज (सी.पी.एस)ले यौन उत्पीडनको आरोप लगाएकाे छ। रोयटर्सको एक रिपोर्टअनुसार उनलाई तीन पुरुषमाथि यौन उत्पीडन गरेको चार वटा आपराधिक आरोप लागेकाे हाे।

यी घटनाहरु मार्च २००५ देखि अगष्ट २००८ को बीच लण्डनमा र अप्रिल २०१३ मा ग्लूस्टरशायरमा घटेका थिए। प्रहरीले यी सबै घटनाहरुको अनुसन्धान गरेपछि अभिनेता स्पेसीलाई दोषी मानेको हो।

२६ जुलाई १९५९ को दिन अमेरिकाको साउथ अरेन्ज, न्यूजर्सीमा जन्मेका अभिनेता स्पेसी सन् २००० मा अमेरिकन ब्युटीको लागि सर्वश्रेष्ठ अभिनेता का लागि र सन् १९९६ मा द युजल सस्पेक्टको लागि सर्वश्रेष्ठ सह–अभिनेताको अन्तर्गत ओस्कार अवार्डबाट पनि सम्मानित भइसकेका छन्। उनीमाथि लागेको यस्तो आरोप नयाँ होइन, यो भन्दा पहिले सन् २०१७ मा यस्तै आरोप लाग्दा निर्देशक रिडले स्कटले आफ्नो सिनेमा ‘अल द मनी इन द वर्ल्ड’ बाट निकालेका थिए। जसको कारण सन् २०१८ मा यिनको कुनै सिनेमा रिलिज भएन।

सन् २०१७ मा सबैभन्दा पहिले एक व्यक्तिले आफूलाई अभिनेता स्पेसीले सन् १९८६ मा यौन उत्पीडनको आरोप लगाएका थिए। उनले भनेका थिए, ‘त्यो बेला म केवल १४ वर्षको मात्र थिए।’ यसको साथै नेट्फ़्लिक्सकाे एक कार्यक्रम ‘हाउस अफ कर्ड्स’का सदस्यले पनि उनीमाथि आफूलाई यौन उत्पीडन गरेको आरोप लगाएका थिए। यद्धपि, नायक स्पेसीले यी सबै आरोपहरु निराधार भएको बताएका थिए।

समाचारकाअनुसार सी.पी.एस क्राइम डिभिजन प्रमुख रोजमेरी आइस्लीले अभिनेता स्पेसीमाथि तीन पुरुषलाई यौन उत्पीडनका ४ घटना बारेमा अनुसन्धान भइरहेको पुष्टि गरेकी छिन।

उनले भनिन, ‘स्पेसीविरुद्ध आपराधिक कारबाही सुरु भएको छ। र, यसको निस्पक्ष छानबिन हुनेछ।’

यदी स्पेसीमाथि लागेको यो आरोप प्रमाणित भयो भने उनले करिब ३१ मिलियन अमेरिकी डलर जरिवानाको साथै जेल सजाय पनि भोग्नुपर्ने छ।

यस्तै विवादको बीच पनि अभिनेता स्पेसी यो वर्ष ‘पिटर फाइभ एट’ नामक सिनेमामार्फत् पर्दामा देखिनेछन। जसमा उनले एक क्रुर हत्याराको अभिनय गरेका छन्। माइकल जाइको हलद्वारा निर्देशित यो सिनेमाले रिलिज पूर्व नै लागत असुल गरिसकेको छ, अर्थात् कपिराइट बिक्री भइसकेको छ। यो सिनेमाको ट्रेलर पछिल्लो हप्ता ’कान्स फ्लिम फेस्टिभल’मा प्रदर्शन गरिएको थियाे, जसलाई धेरैले मन पराएका थिए।

प्रकाशित मिति: : 2022-06-02 16:44:00

प्रतिकृया दिनुहोस्