बिएल संवाददाता
कांग्रेसको १५औं महाधिवेशन उद्घाटन समारोहमा पूर्वसभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओली सहभागी नहुने भएका छन्।
देउवाले निम्तो दिन आएको टोलीलाई भेट्न अस्वीकार गरेपछि सुरक्षाकर्मीलाई निम्तो कार्ड थमाएर फर्किएको थियो। देउवालाई कांग्रेसले प्रमुख अतिथि निम्तो पठाएको थियो।
यता एमाले अध्यक्ष केपी ओली पनि कांग्रेस महाधिवेशनमा नजाने भएका छन्। एमालेले महासचिव शंकर पोखरेललाई पठाउने भएको छ। ओलीलाई नेता उदयशमशेर जबराले निवासमै पुगेर निम्तो दिएका थिए।
जनमत पार्टीका अध्यक्ष सीके राउत पनि कांग्रेस महाधिवेशनमा सहभागी नहुने भएका छन्। जनमतको दोस्रो महाधिवेशन वीरगञ्जमा जारी रहेको पार्टीले बताएको छ।
जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले सहअध्यक्ष शरतसिंह भण्डारीलाई पठाउने भएका छन्।
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले पनि महासचिव आरेन राईलाई पठाउने बताएका छन्।
महाधिवेशनमा ७ हजार ५ सयभन्दा बढी प्रतिनिधि सहभागी हुने कांग्रेसले जनाएको छ। कांग्रेसले १५औं महाधिवेशनको उद्घाटन समारोह दिउँसो २ बजे खुलामञ्चमा गर्दै छ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया