कति सम्भव छ काठमाडाैँका रेष्टुरेन्टमा सार्वजनिक शाैचालय ? यस्ताे छ महानगरकाे याेजना

Breaknlinks
Breaknlinks

काठमाडौँ महानगरपालिकाका मेयर वालेन्द्र साह (बालेन) राजधानीबासीकाे मात्रै नभई देशभरका जनताकाे आशाकाे पात्र हुन्। उनी सबैको लोकप्रिय हुँदै स्वतन्त्र उम्मेदवारी दिएर बलिया प्रतिद्वन्द्धीमाथि जित हासिल गरेर मेयर बने।

मुख्य राजनीतिक दलबाट दिक्क भएका जनताले युवा बालेनका सही याेजना तथा एजेण्डा सुनेपछि उनलाई विश्वास गरे। हुन पनि साहले काठमाडाैँकाे मेयरमा पदभार ग्रहण गर्दै गर्दा काठमाडाैँलाई देशकाे मात्रै नभएर विश्वकै उत्कृष्ट सहर बनाउने भन्दै काठमाडाैँबासीलाई आशा देखाए। त्यसकाे लागि फाेहाेर व्यवस्थापनबाट मेयर साहले याे यात्राकाे सुरूवात गर्नुपर्छ। जुन उनकाे सबैभन्दा ठूलाे चुनाैति हाे।

त्यसकाे लागि काठमाडाैँका गल्ली–गल्लीमा शाैचालयकाे व्यवस्थापन गर्नु पनि उनकाे मुख्य जिम्मेवारी हाे। साेही कुरा बझेर नै हाेला मेयर बालेनले कार्यदलकाे पहिलाे बैठकमै शाैचालय व्यवस्थापनकाे रणनीति अगाडि सारेका छन्। साे बैठकले काठमाडाैँमा हाेटल, रेष्टुरेन्टहरूका शाैचालयलाई सार्वजनिक शाैचालय बनाउने याेजना अगाडि सारेकाे छ। साेहीअनुसार महानगरपालिकाले काम समेत अगाडि बढाएकाे बताएकाे छ। तर, त्याे कति सम्भव हुन्छ, त्याे हेर्न भने बाँकी छ।

कति सम्भव छ हाेटल तथा रेष्टुरेन्टमा सार्वजनिक शाैचालय ?

मगंलबार बसेको कार्यदलको पहिलो बैठकमा हाेटल तथा रेष्टुरेन्टमा सार्वजनिक शाैचालय बनाउने याेजना अगाडि बढेसँगै महानगरले यतिबेला त्यसकाे सम्भाव्यता अध्ययन गरिरहेकाे छ। केही याेजनाकारहरूले पनि यसबारे टिकाटिप्पणी दिइन थालेका छन्। सर्वसाधारण तथा व्यवसायीले पनि यसबारे साेच्न थालेका छन्। अझै केही स्थानका व्यवसायीले त हाैसला स्वरूप यसकाे सुरूवात समेत गरेका छन्।

त्यसाे त महानगरपालिकाले अगाडि सारेकाे याे याेजना सकारात्मक छ। यदि साेही याेजना र कार्यन्वयन भएमा याे कार्य सफल हुनेमा कुनै शंका छैन। तर, त्यसका लागि उचित रणनीति तथा मापदण्ड हुनुपर्ने जानाकारीहरू बताउँछन्।

मेयर साहले हाेटेलका शाैचालय सार्वजनिक हुनेलाई करमा केही छुट दिन सक्ने बताएका छन्। त्यसैले सुरूमा त याे कुरामा तालमेल मिल्न जरूरी छ। किनभने केहीले व्यवसायीले त यसका लागि केही शर्त समेत अगाडि सारेका छन। त्यसैले उचित याेजना बनाएमा याे याे कुरा सफल हुने जानाकारहरूकाे धारणा छ।

हाेटल तथा रेष्टुरेन्टमा सार्वजनिक शाैचालय बनाउँदा के फाइदा हुन्छ ?

मेयर बालेन साहाले मगंलबार बसेकाे बैठकमा आफूले धेरैजसो होटल तथा रेष्टरेन्टहरुसँग यसबारे छलफल भएको बताएका छन। सार्वजानिक त्यसमाथि पनि नि:शुल्क भनेपछि होटल, रेष्टरेन्ट व्यवसायीहरुलाई गाह्रो हुने कुरा त भइहाल्छ। सार्वजानिक शैचलायको प्रयोगका लागि धेरै मानिसको चहलपहल बढिहाल्छ र सार्वजानिक प्रयोगले रोग लागने समस्या देखिन्छ। महानगरले अहिलेसम्म शाैचलायको प्रयोगको बापत होटल तथा रेष्टरेन्टलाई के दिने भन्ने निर्णय गरिसकेको भन्ने छैन्। महानगरले प्रयोगमा ल्याएको होटल तथा रेष्टरेन्टमा शैचालय पूर्ण रुपमा व्यवस्थित भएपछि मात्र शैचलायले प्रयोगलाईमा ल्याउन सकिन्छ।

यही विषयमा बिएल नेपाली सेवासँग कुरा गर्दा काठमाडौँ महानगरका सूचना अधिकारी बसन्त आचार्य भन्छन्,‘यो कुरा महानगरपालिकाबाट निर्णय गरेर कार्यविधि तोकेपछि काम अगाडि बढाइनेछ। अहिलेसम्म यसको कार्यविधिहरुको तोकीसकेको छैन।’

होटल, रेष्टुरेन्टहरुमा समस्या नहुने गरी शाैचलयालाई सार्वजानिक गर्न व्यवसायीहरूसँग छलफल र सहमाति गरेर अगाडि बढ्ने उनले बताए। होटल तथा रेष्टुरेन्टहरुलाई शाैचालया प्रयोग बापत के दिने भन्ने कुरा पनि कार्यविधिमै हुने उनले जानकारी दिए। कार्यविधि नबनिसकेकाले अहिले यो दिने, यसो गर्न भनेर भन नसकिने उनकाे भनाइ छ।

‘महानगरपालिका तथा नवनिवार्चित मेयरले शाैचलयाको बारेमा एकदमै सोचेर निर्णय लिनपर्ने हुन्छ। त्यसमाथि पनि नि:शुल्क भनेपछि मानिसहरुले जथाभावी फोहार गर्ने, जता मन लाग्यो त्यतै फोहोर गर्न समस्या नआउला भन्न सकिन्न,’ उनले भने। शाैचलयाको लागि कर्मचारीहरु राखे पनि समस्या उत्पन्न हुन सक्ने उनकाे भनाइ छ।

प्रकाशित मिति: : 2022-06-03 22:50:00

प्रतिकृया दिनुहोस्