
दाङको तुलसीपुर उपमहानरपालिका वडा– ७ गणेशपुरमा रहेको छ, राप्ती शान्ति उद्यान। जुन उद्यान जिल्लाका विभिन्न पर्यटकीय स्थलहरुमध्ये एक महत्वपूर्ण र हेर्न लायक स्थल हो।
दाङमा पर्यटकीय क्षेत्रको अवलोकनका लागि आउने जोकोही पनि यस उद्यानमा नपुेगर फर्किने सायदै हुन्छन्, होला। दाङका पर्यटकहरुका लागि त निकै महत्वपूर्ण स्थल नै भएको यस उद्यान।
गाउँदेखि टाढा, जंगलको छेउमा रहेको यस उद्यानमा पुगेपछि मननै शान्त हुन्छ। वनभोज गर्नका लागि स्थलसँगै यहाँ हेर्नका लागि थुप्रै स्थलहरु रहेका छन्। बुद्धको मूर्ती, पानीको फोहरा, कृतिम छहरासँगै बालउद्यानहरु पनि छन्।
यहाँको अर्को आकर्षण भनेको चिडिया खाना पनि हो। जहाँ चितुवा, बाँदर, उल्लु, खरायो लगायतका जनावरहरु राखिएका छन्।
पछिल्लो समय यहाँ पर्यटकहरु बढ्दै गएका छन्। कोरोना महामारीका समयमा पूर्णरुपमा बन्द भएपनि अहिले भने दाङ, सल्यान, रोल्पा, रुकुम, प्युठान लगायत जिल्लाबाट पर्यटकहरु अवलोकनका लागि आउने गरेका छन्।
विदाका दिना विशेष गरेर यहाँ पर्यटकको भिड हुने गर्दछ। आजभोली टिकटक बनाउनका लागि पर्यटकको विशेष उपस्थिति हुनेगर्छ। उद्यानभित्र फुलेको सूर्यमुखी फूलले अझ पर्यटकको मन लोभ्याएको छ।
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
देउवाका विश्वासपात्रहरू पुनः सभापति हुन उक्साउँदै
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा
बलपूर्वक बेपत्ता पारिएका व्यक्तिको अन्तराष्ट्रिय दिवसः न्यायको आशा न भरोसा!
बहुविवाहको व्यवस्था: श्रीमती ठग र यौन चोरको वैधता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया