डिल्ली पाण्डे
नेपाली विमानस्थललाई ट्रान्जिट बनाएर विश्व बजारमा लागूऔषध फैलाउने अन्तर्राष्ट्रिय लागूऔषधको गिरोहलाई ठूलो झट्का लागेको छ।
अफ्रिकाबाट एक अर्व २ करोड रुपैयाँ बराबर ५१ केजी लागूऔषध हेरोइनसहित नेपाल आएका सात जना विदेशी महिलालाई प्रहरीले पक्राउ गरेको हो। नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोले 'अप्रेशन वाईड डस्ट'’ चलाए एक सातामा ७ विदेशी महिलाले बोकेर ल्याएको ४९ केजी सेतो र २ केजी खैरो गरी ५१ किलो अवैध लागूऔषध हेरोइन बरामद गरेको हो।

नेपाल प्रहरीको इतिहासमै पहिलो पटक यति ठूलो परिमाणमा हेरोइन बरामद भएको यो पहिलो घटना हो। ब्यूराको टोलीले गत जेठ २९ गते देखि ३१ गतेसम्म काठमाडौंको विभिन्न स्थानबाट ७ अफ्रिकी महिलालाई पक्राउ गरेको हो।
फ्लाई दुबईको उडानबाट जुन १२ मा नेपाल आएकी दक्षिण अफ्रिकन महिला नागरिक सिबिसी थान्देकिले, मुरिएल क्वेडुकवाजी, थेम्बेनी एनसाम्बा, शबलाला खान्यिसिल योभोन्ने, रोसिनह नोन्क्ले जन्जिए, महलाको मौरीन मथिबा,मोरोसी सुजान कोफु र मार्लेसे बाडेनहोस्र्टलाई काठमाडौंको ठमेल क्षेत्रबाट पक्राउ गरेको ब्यूरोका प्रमुख एसपी जीवनकुमार श्रेष्ठले बताएका छन्।
पक्राउ परेका सात जना महिलालाई ब्यूरोले बिहीबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ। ‘गतको वर्ष २ वटा अप्रेशन गरिएको थियो, जुन अप्रेशनको अध्यनबाट हामीलाई यो खुराक मिलेको हो,’ एसपी श्रेष्ठले भने।
बरामद हेरोइन नेपाल हुँदै भारत सप्लाई गर्न तस्करहरूले नेपाली रुट प्रयोग गरेको प्रहरी अनुसन्धानबाट खुल्न आएको उनले बताएका छन्। ‘बरामद हेरोइन नेपालमा खपत हुनेभन्दा पनि भारत हुँदै तेस्रो मुलुक छिर्ने हो, विगतको अनुसन्धानले पनि यस्तै देखाएको छ,’ एसपी श्रेष्ठ भन्छन्।
उनका अनुसार ब्यूरोले ‘अप्रेशन राईड’को तयारी करिव एक महिना अघिदेखि थालिएको थियो। यसअघि पक्राउ परेका विदेशीमार्फत् नै ब्यूरोले यो अप्रेशन सफल बनाएको हो।
पक्राउ परेका सात जना अफ्रिकन महिला दक्षित अफ्रिकाबाट दुबई हुँदै नेपाल छिरेको बताइएको छ। उनीहरूले सुड्केसको विभिन्न भागमा लुकाएर हेरोइन नेपाल ल्याएका हुन्। पक्राउ परेका सातैजनालाई यतिबेला प्रहरी थुनामा राखेर थप अनुसन्धान अघि बढाइएको ब्यूरोले जनाएको छ। फोटो / भिडियो - शनिराज शाक्य
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया