राजनीतिलाई आवश्यक छ योग

नागरिक दैनिक

डा.नम्रता पाण्डे

भगवान श्रीकृष्ण गीतामा अर्जुनसँग भन्नुहुन्छ– हे महाबाहु अर्जुन ! मनलाई नियन्त्रण गर्न धेरै कठिन छ तापनि यसलाई अभ्यास वा वैराज्ञले नियन्त्रणमा ल्याउन सकिन्छ। अभ्यास केवल अभ्यासले व्यक्तिको आचरण र व्यवहार सही बन्दै जान्छ।

योग प्रत्येक व्यक्तिको जीवनशैली रूपान्तरणमा अति महत्वपूर्ण आयाम भएकैले जुन २१ लाई विश्व योग दिवसका रूपमा मनाउन थालिएको हो। योग शब्दको सामान्य अर्थ सम्बन्ध वा जोड हो। विविध आसन, अभ्यास, साधना, ध्यान, समाधिका माध्यमबाट मन र शरीरलाई जोड्ने प्रक्रिया योग हो। संसार र अध्यात्मलाई जोड्ने प्रक्रिया योग हो।

मानव सभ्यताको विकास र संस्कार नै योग हो किनकि आत्मदर्शन र समाधिको अनुभूति नगर्दासम्म मानवीय जीवन सफल भएको मानिन्न त्यो कर्मद्वारा होस् या भक्तिद्वारा गरिएका संस्कार र शैलीमा मानवीय भूमिका प्रष्ट पार्न आवश्यक मापन पनि हो। जीवनशैली विकास, संस्कार र सभ्यता विकास या मन भन्दा पार गएर विशुद्ध चेतनामा स्थित हुने कलाको विकास सबैलाई आवश्यक छ यसले जीवन, समाज र राष्ट्रलाई समुन्नत बनाउनमा मद्दत गर्छ।  

प्रकाशित मिति: : 2022-06-21 14:16:00

प्रतिकृया दिनुहोस्