प्रधानमन्त्रीज्यू, थाहा छ जनताको चुल्होको खबर ?

राजधानी दैनिक

सागर पण्डित

अहिले नेपाली कांग्रेसको नेतृत्वमा रहेको सरकारले जनतालाई महँगी र मूल्यवृद्धिको भारी यति धेरै बोकाएको छ कि सर्वसाधारण जनताको घरमा बिहान बेलुकीको चुल्हो बल्न पनि हम्मे पर्न थालेको छ ।

सरकारमा समाजवादको लक्ष्य बोकेको कांग्रेस र साम्यवादलाई अन्तिम गन्तव्य बनाएको नेकपा एकीकृत समाजवादी तथा नेकपा माओवादी केन्द्रलगायतका दल छन् । तर, विडम्बना उनीहरूको विचार र आदर्श व्यवहारमा भने करिब मृतप्रायः बनिसकेको छ । यदि ती दल र तिनका नेताले विचार र सिद्धान्तलाई आत्मसात् गरेर अघि बढ्थे भने नेपाल आज विकासपथमा लामो फ्डकोका साथ लम्किसकेको हुन्थ्यो र अधिकांश नेपालीले रोग, भोक र शोकसँग जुध्नु पर्दैनथ्यो ।

तर, राजनीतिक दल र दलका नेताको भ्रष्ट प्रवृत्ति, स्वार्थ, लोभ र अहंकारका कारण मुलुक वर्षांैसम्म पनि जहाँको त्यहीँ रहन विवश छ । जनताका समस्यालाई आत्मसात् गरेर सरकार कहिल्यै पनि अघि बढ्न सकेन । वर्तमान गठबन्धन सरकार त जसरी हुन्छ, राज्यसंयन्त्रमा भागबण्डा गर्ने र सत्तामा बसिरहने उद्देश्यका साथ गठन भएकाले पनि यो सरकारले आम नागरिकको हितमा काम गर्छ भनेर विश्वास गर्न सकिने आधार आफंैले भत्काउँदै गइरहेको छ ।

प्रकाशित मिति: : 2022-07-01 14:24:00

प्रतिकृया दिनुहोस्