ध्रुब बस्याल
प्युठानको झिमरुक गाउँपालिकाका मौलिक र ऐतिहासिक सम्पदाको प्रचारप्रसार गर्ने उद्देश्यले काठमाडाैँमा कला तथा तस्बिर प्रदर्शनी गरिएकाे छ।
झिमरुकको गौमुखी गुफा, तुषाराको रक गार्डेन, ओखरकोट, काउछे दरबारलगायतका सम्पदा, झिमरुकफाँट, स्थानीय शैलीका घर र गाउँ तथा मौलिक पोसाक लगाएका वृद्ध–पुराना व्यक्तिलाई समेटेर तयार पारिएका कला र तस्बिर काठमाडाैँकाे आर्ट काउन्सिलमा प्रदर्शनी गरिएको हो।
प्रदर्शनीमा एक्रेलिक रङ्ग, काष्ठ प्रिन्ट कला, फोटोग्राफी र आलोक चित्रमा १० जना कलाकारले तयार पारेका कला र तस्बिर राखिएको थियाे। चित्र तथा तस्बिरमा झिमरुकको सुन्दरता, प्राकृतिक, सांस्कृतिक, सामाजिक, मानवीय तथा वास्तुकलाका विविध विषयलाई उतारिएको थियो।
प्रदर्शनीमा राखिएका कला र तस्बिर कलाकारहरूले कलाकृति सङ्ग्रहालयका लागि झिमरुक गाउँपालिकालाई हस्तान्तरण गर्ने योजना रहेको आयाेजकले बताएकाेछ।
झिमरुकमा लोप हुँदै गएको कला, संस्कृति, चाडपर्व, पुरातात्त्विक, ऐतिहासिक, सांस्कृतिक एवम् प्राकृतिक सम्पदालाई संरक्षण गर्नका लागि गाउँपालिकाको संयोजनमा प्रदर्शनी भएको हो।

कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया