ध्रुब बस्याल
प्युठानको झिमरुक गाउँपालिकाका मौलिक र ऐतिहासिक सम्पदाको प्रचारप्रसार गर्ने उद्देश्यले काठमाडाैँमा कला तथा तस्बिर प्रदर्शनी गरिएकाे छ।
झिमरुकको गौमुखी गुफा, तुषाराको रक गार्डेन, ओखरकोट, काउछे दरबारलगायतका सम्पदा, झिमरुकफाँट, स्थानीय शैलीका घर र गाउँ तथा मौलिक पोसाक लगाएका वृद्ध–पुराना व्यक्तिलाई समेटेर तयार पारिएका कला र तस्बिर काठमाडाैँकाे आर्ट काउन्सिलमा प्रदर्शनी गरिएको हो।
प्रदर्शनीमा एक्रेलिक रङ्ग, काष्ठ प्रिन्ट कला, फोटोग्राफी र आलोक चित्रमा १० जना कलाकारले तयार पारेका कला र तस्बिर राखिएको थियाे। चित्र तथा तस्बिरमा झिमरुकको सुन्दरता, प्राकृतिक, सांस्कृतिक, सामाजिक, मानवीय तथा वास्तुकलाका विविध विषयलाई उतारिएको थियो।
प्रदर्शनीमा राखिएका कला र तस्बिर कलाकारहरूले कलाकृति सङ्ग्रहालयका लागि झिमरुक गाउँपालिकालाई हस्तान्तरण गर्ने योजना रहेको आयाेजकले बताएकाेछ।
झिमरुकमा लोप हुँदै गएको कला, संस्कृति, चाडपर्व, पुरातात्त्विक, ऐतिहासिक, सांस्कृतिक एवम् प्राकृतिक सम्पदालाई संरक्षण गर्नका लागि गाउँपालिकाको संयोजनमा प्रदर्शनी भएको हो।

माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया