काठमाडौँ महानगरपालिकाः चुनौतीले भरिएको नगर

देशको राजधानीमा अवस्थित काठमाडौँ महानगरपालिका हरेक कुरामा सक्षम र दक्ष भएपनि फोहोर व्यवस्थापनको मामिलामा सधैं पछाडि परिरहेको छ। ‘जुन जोगी आएपनि कानै चिरेको’ भनेझैँ जुनसुकै व्यक्ति महानगरको नेतृत्वमा आएपनि यहाँको फोहोर राम्रोसँग व्यवस्थापन हुन सकेको छैन।

आम नेपालीको आशाको केन्द्रमा रहेका र्‍यापर बोलन साह काठमाडौँ महानगरको प्रमुखमा निर्वाचित भएपछि सबैभन्दा पहिलो काम फोहोर व्यवस्थापन भएको घोषणा गरेका थिए। तर, उनको प्रतिवद्धता भने कार्यान्वयन को चरणमा पुग्न सकेको छैन। आफू निर्वाचित भएकै दिन उनी फोहोर व्यवस्थापनको लागि सिसडोल पुगेका थिए। उनी फेरि दोस्रो पटक उपमेयर सुनिता डङ्गोललाई लिएर सिसडोल पुगे तर यसपटक भने सिसडोलवासीले मेयर बालेन साहमाथि आक्रोश पोखेका थिए।

काठमाडौँ महानगरपालिका र नुवाकोटको ककनी गाउँपालिकाबीच सम्झौता त भयो, सम्झौताअनुसार सिसडोल र बञ्चारेडाँडामा फोहार फाल्न दिने निर्णय भएको थियो। तर, पटक–पटक सिसडोलवासीले आफ्नो माग पूरा नभएको भन्दै फोहोर फाल्न रोक लगाउँदै आएका छन्। काठमाडौँ महानगरपालिकाले सिसडोलवासीलाई लाखौँ पटक बिन्ती गर्दा पनि उनीहरू पटक–पटक फोहोर फाल्न रोक लगाउँदै आएका छन्। आफ्ना माग पूरा नभएको र फोहोरका कारण अनेकौँ रोग निम्तिरहेको सिसडोलवासीहरुको गुनासो छ।

सिसडोलवासीले निरन्तर फोहोर व्यवस्थापनमा रोक लगाउँदा काठमाडौँका गल्लीहरू फोहोरको डङ्गुरले भरिन थालेका छन्। जसले गर्दा काठमाडौँमा दुर्गन्ध त फैलिएको छ नै जनजीवनमा समेत प्रत्येक्ष असर परेको छ।

काठमाडौँ महानगरपालिकाले गत साउन १ गतेदेखि स्थानीयलाई फोहोरको वर्गीकण गरेर राख्न भनेको थियो। सोहीअनुसार मानिसहरूले कुहिने र नकुहिने फोहोरलाई छुट्यार राखेका थिए तर महानगरले लामो समयदेखि फोहोर नउठाउँदा सबै एक्कै ठाउँमा भएको छ। यसरी महानगरले फोहोर व्यवस्थापनको लागि नीति बनाए पनि कार्यान्वयन नहुँदा समस्या झन जटिल बन्दै गएको छ, जुन काठमाडौँवासीको मात्र नभई फोहोर भन्ने शब्द महानगरको पनि टाउको दुखाइको विषय बनेको छ।

केही दिनयता उपत्याकाको फोहोर उठेको छैन। चोक–चोकमा थ्रप्रिएरको फोहोर महानगर देखेर पनि नदेखेको जस्तो गरिरहेको छ। मेयर बालेनले फोहोरको विषयलाई सामान्य विषयको रुपमा पन्छ्याउने गरिएको आभास हुन थालेको छ। बालेनले सक्छन त काठमाडौँको फोहोर व्यवस्थापन गर्न ? काठमाडौँवासीको मत यतिकै खेर जाने त होइन ? के साँच्चै बालेन भिजन भएका मेयर हुन त काठमाडौँका लागि ? फोहोर व्यवस्थापनभन्दा पनि कार्यक्रमहरुमा सेल्फी खिच्न अगाडि देखिन्छन मेयर साह।

यता काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले भने नियमित फोहोर उठिरहेका दाबी गर्छन्। ‘फोहोर दिनहुँ ठाउँ– ठाउँबाट उठिरहेको छ। आज मात्र काठमाडौँबाट २ सय ४० टिपर फोहोर सकलंन गरेको छ। अब काठमाडौँवासीहरु यति कुरामा ढुक्क भए हुन्छ कि अब काठमाडौँको फोहोर जहिले पनि उठ्नेछ,’ प्रवक्ता मानन्धरले बिएल नेपाली सेवासगँ भने।

काठमाडौँका चोकहरू फोहोरको डङ्गुरले भरिए पनि महानगरले भने कुनै समस्या नरहेको दाबी गर्दै आएको छ। के अझै पनि महानगरको यस्तो कुरामा विश्वास गर्न सकिएला ? यसपटक भने महानगरपालिकालाई ठुलो चुनौती आइपरेको छ। काठमाडौँवासीहरुले ठुलो विश्वास गरी बालेनलाई भोट दिएका थिए तर उनको लाखौँ प्रयासका बावजुत पनि उनले गरेको काममा उनी पराजित भइरहेको छन्। अहिले काठमाडौँको सबैभन्दा ठुलो चुनौती फोहोर व्यवस्थान गर्नु हो। फोहोर व्यवस्थापन बालेन साहको एउटा ठुलो चुनौतीका रूपमा उभिएको छ।

प्रकाशित मिति: : 2022-08-05 17:05:00

प्रतिकृया दिनुहोस्