बिएल संवाददाता
हिमालय खबर अनलाइनसहित चार संस्थाहरुको संयुक्त आयोजनामा शनिबार टेक्ससको युलेसमा भएको कार्यक्रममा ४६ जनाले रक्तदान गरेका छन्।
हिमालय खबर, सिटी अफ युलेस, ब्लड डोनर्स अमेरिकाको आयोजना र अमेरिकी रेडक्रसको संयोजनमा भएको रक्तदानमा उल्लेख्य रुपमा सहभागिता रहेका थियाे। रक्तदानका लागि ५९ जनाले दर्ता गराएका थिए, तीमध्ये रक्तदानस्थलमा उपस्थित भएका ४६ जनाले रक्तदान गरेका हुन्।

कार्यक्रममा रक्तदाताहरुलाई युलेस सिटीकी मेयर लिण्डा मार्टिनले प्रमाणपत्र प्रदान गरेकी थिइन्। उनले रक्तदान जस्तो मानवीय सेवाको कार्यमा संलग्न हुन पाउँदा खुसी लागेको बताइन्।
त्यस अवसरमा ब्लड डोनर्सका पूर्व अध्यक्ष डा.नन्द रेग्मी, टेक्सस शाखा अध्यक्ष अजय बगाले, सिटी काउन्सिल सदस्यहरु टीका पौडेल, इडी प्राइस, टिम स्टिन्फोर्ड, लाइब्रेरी डाइरेक्टर सेरी नाइट, हिमालय खबरका प्रवन्ध सम्पादक विकासराज न्यौपाने, शिव काफ्ले लगायतले मन्तव्य व्यक्त गरेका थिए।
यसअघि कार्टर ब्लड सेन्टरसँग मिलेर रक्तदान हुने गरेकोमा पहिलोपटक रेडक्रससँग रक्तदान गरिएको हो। कार्यक्रममा नेपाली समुदायका अग्रजहरु समेतको सहभागिता थियो।
टेक्ससको युलेसमा प्रधान कार्यालय रहेको हिमालय खबरले सामाजिक उत्तरदायित्व अन्तरगत अन्य तीन संस्था समेतको सहभागितामा रक्तदान कार्यक्रम आयोजना गरेको हो।
कार्यक्रममा हिमालयखबरका कार्यकारी व्यवस्थापक विशाल शर्माले सिटीसँग मिलेर आगामी दिनमा अझै रचनात्मक र समुदायलाई फाइदा पुग्ने कार्यक्रम गर्न चाहेको उल्लेख गरे।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया