पाेखरा महानगरकाे एउटा यस्तो शौचालय

पोखरा महानगरपालिकाले व्यापारिक संस्थासँग सार्वजनिक शौचालय सञ्चालनका लागि सहकार्य गर्न लागि परेको छ। महानगरमा सार्वजनिक शौचालयको चौपट आवश्यकता परेपछि व्यापारिक संस्थाका शौचालय सार्वजनिक प्रयोगका लागि महानगरले आह्वान गरेको छ।

साउन अन्तिम हप्तासम्म महानगरको यो अभियानमा सहकार्य गर्न इच्छुक व्यापारिक संस्थालाई सम्पर्कमा आउनका लागि पोखरा महानगरले भनेको छ। महानगरको यो अभियानमा होस्टेमा हैसे मिलाउन भन्दै २५ बढी संस्था सम्पर्कमा आएको महानगरले जनाएको छ। 

महानगरले साउन अन्तिम सातापछि व्यापारिक संस्थाका शौचालय सार्वजनिक रुपमा खुलाउने तयारीमा लागेको छ। हालका अतिव्यस्त बजार चिप्लेढुंगा, महेन्द्रपुल, न्युरोड, नयाँबजार, पृथ्वीचोक र लेकसाइडमा तत्कालै खड्किएको समस्या अहिलेदेखि भने होइन। यसअघिका जनप्रतिनिधि निर्वाचित भएर आइसकेपछि पनि यो विषयमाथि प्रसंग उठ्दै आएको थियो। पछि सरोकारवालाको खासै चासो यसप्रति देखिएको थिएन।

भएका शौचालयको यो हाल

प्राप्त तथ्यांकअनुसार पोखरा महानगरमा हाल २८ वटा सार्वजनिक शौचालय छन्। केही तथ्यांकमा समावेश छैनन्।

पोखरा– ९ पृथ्वीचोकमा सहारा क्लबले सञ्चालनमा ल्याएको सार्वजनिक शौचालय अहिले पनि सञ्चालनमा छ। शौचालयको सरसफाइ र रेखदेखका लागि पनि कर्मचारी खटाइएको छ।

यस्तै, पोखरा अमरसिंहचोकमा अवस्थित सार्वजनिक शौचालयमा पनि रेखदेख गर्ने कर्मचारी खटिएका छन्। यो शौचालयको पनि सरसफाइ र रेखदेखको काम भइरहेको छ।

बाराही चोक लेकसाइडको शौचालय पनि चालु अवस्थामै छ। यसको सरसफाइ तथा रेखदेखका लागि पनि कर्मचारी खटाइएको छ। पोखरा आउने आगन्तुक प्राय: फेवाताल र बाराही मन्दिरको दर्शनभेटका लागि पुग्ने हुनाले पनि यो शौचालय पहिलेदेखि चालु अवस्थामै छ। यसको व्यवस्थापन पनि राम्रै गरिएको छ।

बिएल नेपाली सेवाले गरेकाे अनुगमन अनुसार पोखराका सार्वजनिक शौचालय जति छन्, ती चालु अवस्थामै छन्। सरसफाइमा अतिध्यान नपुगे पनि प्रयोग गर्न मिल्ने अवस्थामा ती शौचालय पाइएका छन्।

तर, फेवाताल किनारको बसुन्धरापार्कमा बनाइएको सार्वजनिक शौचालयको हाल भने बेहालै छ। प्रयोग गर्नै नमिल्ने हाल बनाएर बसुन्धरापार्कमा बनाइएको सार्वजनिक शौचालयको बेहाल पारिएको छ।

शौचालयको उचित रेखदेख, सरसफाइ नहुँदा लाखौं रुपैयाँ खर्चेर बनाइएको शौचालय खण्डहरमा परिणत भएको छ। बेलुकीपख पार्कमा टहलिन आउनेहरुले शौचालय प्रयोग गर्न खोज्दा नाक खुम्चयाएर फर्किनुपर्छ। शौचालय बनाएर यसको उचित रेखदेख नहुँदा भएका संरचना पनि एउटै पुन: प्रयोगमा आउने खालका छैनन्।

पोखरा महानगरका सूचना अधिकारी भरतराज पौडेल अहिले सार्वजनिक रुपमा सञ्चालनका लागि व्यापारिक संस्थासँग सहकार्य गर्ने तयारी भइरहेको बताउँछन्। महानगरले आफ्नो संस्थाको शौचालय सार्वजनिक प्रयोजनका लागि खुल्ला गर्न तयार संस्थाको विवरण संकलन गरिरहेको छ। हालसम्म महानगरमा २५ संस्था पुगेको उनले सुनाए।

‘हालसम्म महानगरको आह्वानलाई आधार मानेर २५ व्यापारिक संस्था सम्पर्कमा आउनुभएको छ। साउनपछि लगत्तै, ती संस्थाहरुलाई सार्वजनिक चिन्ह प्रदान गरेर प्रयोगमा ल्याउने सरसफाइका सामग्री दिने भन्ने छ,’ उनले भने। महानगरमा हाल भएका सार्वजनिक शौचालयबारे भने उनी अनविज्ञ थिए।

हल्लनचोकको शौचालय उद्घाटनको तयारी

तत्कालीन मेयर मानबहादुर जिसीको कार्यकालमा हल्लनचोकमा एउटा सार्वजनिक शौचालय तयार भएको छ। प्रयोगका लागि तयार भएपनि हालसम्म उक्त शौचालय सार्वजनिक प्रयोगमा भने आएको छैन।

सार्वजनिक शौचालयको अभाव पूर्ति गर्न लागि परेको महानगर प्रयोगका लागि तयार शौचालय सार्वजनिक प्रयोगका लागि भने खुल्ला गर्दैैन। शौचालय उद्घाटन गरेर सञ्चालनमा ल्याउने तयारी भइरहेको उनले सुनाए। ‘अब सञ्चालनमा ल्याउने हो। यतिबेला नै ल्याउने भन्ने निर्णय भएको छैन,’ उनले भने।

सार्वजनिक शाैचालयका लागि निजी क्षेत्र खाेज्दै पाेखरा महानगर, के भन्छन् व्यवसायी ?

छाेराले पुस्तक पसल खोल्ने थाहा पाएर बा-आमा ६ महिना बोलेनन्

प्रकाशित मिति: : 2022-08-08 20:05:00

प्रतिकृया दिनुहोस्