
मदन नेपाली
नेपाल विद्यार्थी संघ (नेविसंघ) ले पूर्वाञ्चल विश्वविद्यालयमा बेथिति भएकाे भन्दै उपकुलपतिकाे काममाथि प्रश्न उठाएकाे छ।
आइतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै नेविसंघले विश्वविद्यालयका उपकुलपतिको काम र गतिविधिको बारेमा प्रश्न उठाएका हुन्।
पत्रकार सम्मेलनमा बोल्दै नेविसंघका काउन्सिल सभापति विनोद शाही ठकुरीले विश्वविद्यालय आज विश्वविद्यालयजस्तो नरहेकाे बताएका छन्।
उनले विश्वविद्यालयले नियमित रुपमा गर्ने काम गर्नेभन्दा अस्तव्यस्त बनाइ विद्यार्थीहरुको भविष्यमाथि शैक्षिक अपराध गरेको आरोप लगाएका छन्।
‘विश्वविद्यालयमा उपकुलपतिको काम के हो? यसरी विश्वविद्यालय चल्दैन, विभिन्न कार्यक्रमतर्फको अन्योलतालाई रोक्न हामी सुधारका निम्ति लागिपर्नु पर्छ’, शाहीले भने।
उनले विश्वविद्यालयका पदाधिकारीले विद्यार्थीका मागहरू गम्भीरताका साथ नलिए आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन्।
साथै सिटिइभिटी र अन्य विश्वविद्यालय सुधार हुन आवश्यक रहेको बताए। उनले चिकित्सा शिक्षा आयोगको लापरबाहीले कैयौं विद्यार्थी चिकित्सक बन्नबाट बन्चित भएको आराेप लगाए।
पत्रकार सम्मेलन अर्का विद्यार्थी नेता तथा लिटिल बुद्ध कलेजका अध्यक्ष यज्ञ खड्काले आन्दोलनलाई सहज रुपमा नलिन, सुधार गर्न ध्यानाकर्षणसमेत गराए।
त्यसैगरी विद्यार्थी नेता विजय फुलाराले अब आन्दोलनका चरणहरु निरन्तर जारी रहने र समस्या समाधान गर्न सबै सक्रिय भएर अघि बढ्ने बताए।
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया