
महेश नेपाली
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारीबाट प्रतिष्ठानमै कार्यरत एकजना डाक्टर कुटिएका छन्।
चौथो तहका कर्मचारी धनराज शाही बिहीबार विहान ९ बजेतिर आफ्नाे छोराको टाँका काट्न भन्दै इमर्जेन्सीमा पुगे। इमर्जेन्सी विभागका डा. करण शाहलाई टाँका काटिदिन अपील गरे। बिरामी हेरिरहेका डाक्टरले ११ बजेपछि मात्रै टाँका काटिदिने बताए।
कर्मचारी शाहीलाई डाक्टरकाे कुरा चित्त नबुझेपछि विवाद बढ्न थाल्याे। डा. शाहले तत्काल टाँका काट्न नसकिने बताइरहेका बेला कर्मचारी शाही आक्रमणमै उत्रिए। काममा खटिएका डाक्टरलाई हात हाले। उनले हात मात्रै हालेनन् डाक्टरलाई लात्ती–लात्तीले कुटे।
ढलेका डा. शाह पटकपटक उठ्न खाेज्दा पनि कर्मचारी शाहीले कुटिरहे। त्यसाे त ड्युटीमा खटिएका डा. शाहलाई प्रतिष्ठानकै कर्मचारी शाहीले कुटपिट गरेका हुन्।
घटनापछि प्रतिष्ठानका डाक्टरहरूले आफू असुरक्षित भएकाे भनी पीडकलाई कडाभन्दा कडा कारबाहीकाे माग गरेका छन्। उनकाे टाउको र पेटमा गम्भीर चोट लागेको छ।
'नाे बेल, ओनली जेल' नारा लगाइरहेका उनीहरू स्थानीयबाट असुरक्षित भएकाे बताउँछन्। घटनाबारे आफ्नाे नाम खुलाउन समेत डराइरहेका छन्, डाक्टर।
प्रतिष्ठानका एक विशेषज्ञ डाक्टरले भने, 'हाम्रा आफ्ना कमजोरी छन् भने पनि सुधार गराैंला। तर टाँका खुलाउने जस्ताे सामान्य काम इमर्जेन्सीमा रहेकाे डाक्टरले गर्दैन।'
उनका अनुसार इमर्जेन्सीकाे कुनैपनि हालतमा गर्दिन भन्न पनि पाउँछ। यही विषयलाई लिएर कुट्नु अपराध हाे। अपराधीलाई कारबाही सिवाय अरुथाेक हुँदैन।
डाक्टर कुट्ने शाहीलाई जुम्ला प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेकाे छ। याे घटनालाई प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाई आफैले चासाे लिएकी छन्।
प्रहरीले अनुसन्धान गरिरहेकाे घटनामा आफूहरूले बाेल्न नमिल्ने भन्दै प्रतिष्ठानका पदाधिकारीहरू माैन छन्।
तथापि प्रतिष्ठानकाे ऐन निमय अनुसार विभागीय कारबाही हुने एक उच्च अधिकारीले बताएका छन्। उनले भने, 'यस्ताे घटनालाई हल्का रूपले लिएर हुँदैन। हामी नियमानुसार कारबाही गर्छाैं। त्याे कारबाही जागिरबाट हात धुनुपर्नेसम्मकाे हुन सक्छ।'
घटनापछि डा. शाहले आक्रमणकारीमाथि कारवाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकाे नेपाल चिकित्सक संघ जुम्ला शाखाका उपाध्यक्ष डा कमल थानीले बताएका छन्।
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
एउटा युवाको सपनाः आमा म विदेश जान चाहन्छु…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया