आइतबार, ०३ अगस्ट २०२५

पशुपतिमा तीजको रौनक, भक्तजन भन्छन्- पहिलेको तुलनामा तीज भड्किलाे भयो (भिडियो)

सनीराज शाक्य

सनीराज शाक्य

काठमाडौं
• • •

हरितालिका तीज देशभर हर्षाेल्लासका साथ मनाइँदैछ। आज दिनको हिन्दू नेपाली नारीहरूले महादेवको पूजाआराधना गरी तीज मनाइरहेका छन्।

आजको दिन व्रत बसी शिव-पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र परिवारको कल्याण हुने धार्मिक विश्वास छ। काठमाडौंको पशुपतिनाथलगायत देशभरका शिवालयहरूमा व्रतालु महिलाहरूको भीड  रहेको छ। 

अघिल्लो रात दर खाएकाहरूले तीजको दिन व्रत बस्ने र शिव-पार्वतीको पूजा गरेपछि नाचगान गर्ने चलन पनि छ। आजभोलि तीजको केही दिनअघिदेखि नै नाचगान गर्ने गरिन्छ। पछिल्लो समय भने तीज केही भड्किलो, आधुनिक भएको पशुपति दर्शन गर्न आएका भक्तजनको गुनासाे छ।

सत्य युगमा तीजको दिन निराहार व्रत बसी पार्वतीले महादेव स्वामी पाएको आजको दिनमा व्रत बस्दा मनोकामना पुरा हुने विश्वास रहेको पशुपतिमा उपस्थित भक्तजन बताउँछन्।

भक्तजन भन्छन्, 'इतिहासलाई हेर्ने हो भने तीजको दिनमा निराहार व्रत बसी पार्वतीले महादेव स्वामी पाउनुभएको हो। त्यसैले अहिलेको तीज आधुनिक भएपनि स्वच्छ मनले व्र तबसे मनोकामना पुरा हुन्छ।'

मंगलबार, भाद्र १४, २०७९
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!