
सुनिल कार्की
हिजो दिउँसोदेखि सिद्वार्थराज मार्गअन्तर्गत पाल्पा-बुटवल सडक भासिँदा अवरुद्ध बनेको सडक अझै सञ्चालनमा आउन सकेको छैन।
पाल्पा-बुटवल सडकखण्डको तिनाउँ गाउँपालिका ५ हिउँदे खोला नजिकै पुर्ण रूपमा सडक भासिँदा राजमार्ग सञ्चालनमा हुन नसकेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख दामोदर मल्लले जानकारी दिए।
केही दिनअघिबाट आंशिक रूपमा भासिएको सडक हिजो दिउँसो १ बजेबाट पूर्ण रूपमा भासिएका कारण सडक अवरुद्ध बनेको जिल्ला ट्राफिक प्रमुख मल्लले बताए।
सडक सञ्चालन गर्न सो सडकको भित्ता कटान गरी ट्रायक खुलाउने प्रयास भईरहेको डिभिजन सडक कार्यालय पाल्पाका सूचना अधिकारी रामेश्वर लम्सालले जानकारी दिए।
निरन्तर वर्षा भइरहेको र सडक माथिबाट लेदो सहितको माटो झरिरहेकाले सडक सुचारू गर्न समस्या भएको भएको डिभिजन प्रमुख मल्लले बताए।
सडक आज बेलुकासम्ममा नयाँ वैकल्पिक ट्रयाक खोलेर भए पनि एक तर्फी सडक सुचारू गरिने प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले जानकारी दिए।
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया