आइतबार, ०३ अगस्ट २०२५

नारी शरीरमा राजनीति

हिमाल खबर

हिमाल खबर

निर्जला अधिकारी
News Image
• • •

यसपालिको तीजमा अभिनेत्री एलिजा गौतमको ‘डान्स पोज’ बारे अनेक टीकाटिप्पणी भए। टिकटकमा ‘भाइरल’ उक्त नाचलाई कतिपयले तीजको गरिमाप्रतिको आक्रमण र अश्लीलताको विम्ब ठाने त कतिले धर्म-संस्कृतिप्रतिको मजाक।

यस्ता प्रतिक्रिया नृत्यको कलात्मकताभन्दा शारीरिक हाउभाउमा बढी केन्द्रित थिए। यहाँ प्रश्न उठ्छ- अझै पनि किन महिलाको स्वतन्त्रतालाई संस्कार र संस्कृतिका जन्जिरले बाँध्ने प्रयत्न जारी छ? उनको शरीरमाथि उनी स्वयंको हक किन छैन?

हामी धेरैलाई नलाग्न सक्छ, शरीर पनि एक राजनीतिक साधन बनिसकेको छ। शरीरको राजनीति जहिल्यै शक्ति संरचनासँग सम्बद्ध छ। इतिहासविद् मिसेल फुको आफ्नो निबन्ध ‘द बडी अफ द कन्डेम’ मा लेख्छन्, ‘शरीरको राजनीति यस्तो विषय हो जसले शरीर, शक्ति संरचना र त्यसले निर्माण गर्ने ज्ञानको सम्बन्धबारे प्रष्ट पार्छ।’

उनका विचारमा शक्ति र सत्ताले आफ्नो ज्ञानको प्रभुत्व जहिल्यै आफूभन्दा कमजोर ठानिने शरीरलाई लाद्न खोज्छ। महिलाका शारीरिक हाउभाउसँग जोडेर के गलत, के सही भनी व्यक्त हुने धारणा यस्तै प्रवृत्तिका उपज हुन्।

 

आइतबार, आश्विन ०२, २०७९
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)