बिएल संवाददाता
रेखा थापा जस्तो निडर महिलालाई साथ नदिए कस्लाई दिने भन्दै नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर ३ कि क्षेत्रिय प्रतिनिधी मिना थापा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गरेकी छिन्।
बेलवारीमा मोरङ क्षेत्र नम्बर ३ बाट राप्रपाबाट उम्मेदवारमा सिफारिस भएकी रेखा थापाको घरदैलो अभियानमा थापा राप्रपा प्रवेश गरेकी हुन्। उनलाई नेतृ रेखाले पार्टीमा स्वागत गरिन्।
लामो समय देखी कांग्रेसको राजनिती गर्दै आएकी मिनाले यसअघि जतिपनि नेताहरु आए आफ्नो स्वार्थ पुरा गर्न आएको र झुटको खेती गर्ने भएकोले राप्रपा जस्तो राष्ट्रवादी पार्टीमा प्रवेश गरेको बताईन्। मिनाले भनिन्, नेता र उनका केहि आसपासेको मात्र हित भएको र जनताको लागि माखो नमार्नेहरु प्रति मन मरेकोले राप्रपा प्रवेश गरेको हुँ। रेखा जस्तो जनताको हितमा केहि गरौ भन्ने महिलालाई हामीले साथ नदिए कस्लाई साथ दिने। स्वार्थपूर्तिका लागि प्रपञ्च रच्ने माफिया र भष्ट्रचारीलाई ?
थापाले रेखा स्वच्छ छवि तथा निडर महिला भएको बताँउदै सबैलाई समेट्ने उनमा क्षमता रहेको बताईन्।
धेरै वटा चुनाब भएपनि जनताको समस्या ज्यूँ का त्यूँ रहेको बताँउदैं मिनाले रेखा जस्तो उम्मेदवारलाई सहयोग नगर्ने हो भने यस क्षेत्र पछि पर्ने बताँउदैं स्थार्थको राजनिती गर्नेलाई आउट गर्दै केहि गरौं भन्ने भावना बोकेर आएकी स्थानीय चेलीलाई मंसिर ४ को चुनाबमा बिजयी गराउनु पर्ने बताईन्।
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया