बिएल संवाददाता
रेखा थापा जस्तो निडर महिलालाई साथ नदिए कस्लाई दिने भन्दै नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर ३ कि क्षेत्रिय प्रतिनिधी मिना थापा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गरेकी छिन्।
बेलवारीमा मोरङ क्षेत्र नम्बर ३ बाट राप्रपाबाट उम्मेदवारमा सिफारिस भएकी रेखा थापाको घरदैलो अभियानमा थापा राप्रपा प्रवेश गरेकी हुन्। उनलाई नेतृ रेखाले पार्टीमा स्वागत गरिन्।
लामो समय देखी कांग्रेसको राजनिती गर्दै आएकी मिनाले यसअघि जतिपनि नेताहरु आए आफ्नो स्वार्थ पुरा गर्न आएको र झुटको खेती गर्ने भएकोले राप्रपा जस्तो राष्ट्रवादी पार्टीमा प्रवेश गरेको बताईन्। मिनाले भनिन्, नेता र उनका केहि आसपासेको मात्र हित भएको र जनताको लागि माखो नमार्नेहरु प्रति मन मरेकोले राप्रपा प्रवेश गरेको हुँ। रेखा जस्तो जनताको हितमा केहि गरौ भन्ने महिलालाई हामीले साथ नदिए कस्लाई साथ दिने। स्वार्थपूर्तिका लागि प्रपञ्च रच्ने माफिया र भष्ट्रचारीलाई ?
थापाले रेखा स्वच्छ छवि तथा निडर महिला भएको बताँउदै सबैलाई समेट्ने उनमा क्षमता रहेको बताईन्।
धेरै वटा चुनाब भएपनि जनताको समस्या ज्यूँ का त्यूँ रहेको बताँउदैं मिनाले रेखा जस्तो उम्मेदवारलाई सहयोग नगर्ने हो भने यस क्षेत्र पछि पर्ने बताँउदैं स्थार्थको राजनिती गर्नेलाई आउट गर्दै केहि गरौं भन्ने भावना बोकेर आएकी स्थानीय चेलीलाई मंसिर ४ को चुनाबमा बिजयी गराउनु पर्ने बताईन्।
सुन्दरीजलमा सुरक्षित बीपीका सम्झना (फोटो फिचर)
कर्नालीका सुइना के साँच्चै ‘हाम्मा सुइना’ हुन्?
सभापतिमा जिते पार्टी पुनः आफ्नो कब्जामा
नियुक्ति लिएको २ साता नबित्दै मुक्तिनाथ विकास बैंकका सीईओको पद धरापमा
‘हिजोसम्म दिने ठाउँमा थिए, आज माग्ने ठाउँमा’
पुरानै रबैयामा फर्किए ओली, एक–एकलाई कारबाहीको डन्डा चलाउने चेतावनी
‘कसैले जित्ने वा हार्ने होइन, न्याय मार्ने काम भइरहेको हेक्का होस्’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया