
बिएल संवाददाता
नेपाली कांग्रेसका सुनिल शर्माले मोरङ क्षेत्र नम्बर ३ मा गठबन्धनको साझा उम्मेदवारको रुपमा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन्।
घरमा पूजापाठ गरेर गलामा रुद्राक्षको मालासहित शर्माले निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन्।
पार्टी कार्यलयबाट समर्थनको ठुलो जुलुससहित शर्मा उम्मेदवारी दर्ताका लागि निर्वाचन अधिकृतको कार्यलय पुगेका थिए।
उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसंग प्रतिक्रिया दिँदै शर्माले गठवन्धनको जित निश्चित भएको बताए छन्।
आफूसहित गठबन्धनका सबै उम्मेदवारप्रति जनताको ठुलो विश्वास र भरोसा रहेकाले संघ र प्रदेशमा आफूहरुको जित सुनिश्चित भएको प्रतिक्रिया दिएका हुन्। जनताको हरेक सुख-दुख आफूसंगै भएका कारण यो निर्वाचनमा जित पक्का भएको शर्माको भनाइ थियो।
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया