बुधबार, २७ अगस्ट २०२५

लाैराे अभियानका संयाेजग सायमिले गरे मनाेनयन दर्ता

News Image
• • •

‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’का संयाेजक सुमन सायमिले प्रतिनिधि सभा सदस्यका लागि काठमाडाैँ क्षेत्र नं. ८ बाट मनाेनयन दर्ता गरेका छन्। सायमिले शिक्षा विकास तथा समन्वय इकाइकाे भवनस्थित ताहाचल पुगेर मनाेनय दर्ता गरेका हुन्।

गत स्थानीय तह निर्वाचनमा काठमाडाैँ महानगरपालिकाकाे मेयर पदमा उम्मेदवारी दिएर लाेकप्रिय मत पाएका सायमिले लाैराे चुनाव चिन्ह लिएर स्वतन्त्र उम्मेदवारी दिएका छन्।

काठमाडाैँकाे विकास र काठमाडाैँवासीका विभिन्न समस्या समाधानकाे लागि काम गर्दै आएका सायमि निक्कै प्रभावशाली युवाका रूपमा परिचित छन्।

आइतबार, आश्विन २३, २०७९
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)