मङ्गलबार, २३ सेप्टेम्बर २०२५

रुसले पूर्वी खेर्सनमा जलविद्युत बाँध ध्वस्तको योजना बनायोः किभ

File photo
• • •

किभले रुसले पूर्वी खेरसन क्षेत्रमा जलविद्युत बाँध ध्वस्त गर्ने योजना बनाएको आरोप लगाएको छ।

उक्त क्षेत्रमा युक्रेनी सैनिकहरू निरन्तर अगाडि बढिरहेका छन् भने मस्को–स्थापित अधिकारीहरूले खाली गर्न थालेका छन्।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी सेनाले काखोभका जलविद्युत आयोजनालाई विस्फोट गराउने उद्देश्यले खनन गरेको बताएका छन्।

युरोपेली नेताहरूलाई बिहीबार एक भाषणमा जेलेन्स्कीले बाँध ध्वस्त भएमा तल्लो डिनिप्रो नदी वरपरका लाखौं मानिसहरू द्रुत बाढीको खतरामा हुने चेतावनी दिए।

उनले भने कि दक्षिणमा पानीको आपूर्ति कटौतीले युरोपको सबैभन्दा ठूलो जापोरिझिया आणविक उर्जा केन्द्रको चिस्यान प्रणालीलाई पनि असर गर्न सक्छ।

शनिबार, कार्तिक ०५, २०७९
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)