रोशनी–शरद हत्याकाण्ड : किन पत्ता लगाउन सकेन प्रहरीले हत्यारा?

BreaknLinks
BreaknLinks

दाङको तुलसीपुर उपमहानगरपालिका–१३ दमार गाउँकी १५ वर्षीया रोशनी महतरा र सोही ठाउँ बस्ने दंगीशरण गाउँपालिका–६ थपगाउँका–१४ वर्षीय शरद आचार्यको शव फेला परेको हप्तादिन पुगेको छ। हत्या गरेर एउटै खाडलमा खाडेको अवस्थामा उनीहरुको दमार गाउँको जंगलमा असोज ३० गते शव फेला परेको थियो।

शव फेला परेको हप्तादिन पुग्दासमेत प्रहरीले दोषीलाई पक्राउ गर्न सकेको छैन। नेपालजञ्जबाट कुकुरसहितको टोली अनुसन्धानमा खटिएको छ। तर केही व्यक्तिलाई पक्राउ गरेर सोधपुछ गर्ने बाहेक थप उपलब्धि प्रहरीले गर्न सकेको छैन।

घटनास्थलबाट मृतकका मोबाइल, चप्पल, कपडाहरु फेला पारेको बताउँदै जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी राजन गौतमले हत्या गर्ने व्यक्ति यही हो भन्ने निष्कर्षमा पुगिनसकेको बताए। उनले भने, ‘धेरै व्यक्तिमाथि अनुसन्धान भइरहेको छ। ती व्यक्तिहरुबाट सानो कुरा आउँछ र त्यसमै अनुसन्धान गर्दा समय वितिरहेको छ।’

डिएसपी गौतमले अनुसन्धान उपलब्धिउन्मुख रहेको दाबी गर्छन्। उनको दाबी शव फेला परेको अर्को दिनदेखिको हो। ‘घटनामा संलग्नहरु नभेट्टिने भन्ने छैन,’ उनले भने, ‘हाम्रो अनुसन्धान उपलब्धिउन्मुख छ।’ उनले केही तथ्यहरु भेटिएपनि केही अझै अनउत्तरित रहेको बताए।

रोशनी–शरद घरबाट हराएको चार दिनपछि उनीहरुको शव फेला परेको थियो। शव फेला परेको तीन दिनपछि आफन्तले शव बुझेर एकै ठाउँमा दुबै जनाको अन्त्यष्टि गरेका थिए। उनीहरुले दोषीलाई तत्काल पक्राउ गरि सार्वजनिक गर्ने प्रतिवद्धतापछि शव बुझेको भए पनि शव बुझेको पाँच दिनपुग्दा समेत प्रहरीले दोषीलाई सार्वजनिक गर्न सकेको छैन।

प्रकाशित मिति: : 2022-10-22 13:35:00

प्रतिकृया दिनुहोस्