मङ्गलबार, २३ सेप्टेम्बर २०२५

कट्रिनाको खुलासाः एकसट दिएपछि फिल्मबाट हटाइयो, त्यतिबेला लाग्यो मेरो करियर नै समाप्त भयो

News Image
• • •

कट्रिना केफ बलिउडको चर्चित अभिनेत्रीमध्ये एक हुन्। आफ्नो ट्यालेन्ट र ग्ल्यामरस स्टाइलका कारण इन्डस्ट्रीमा आफ्नो पहिचान बनाएकी छिन्।

तर यो पहिचान कट्रिना केफलाई धेरै कठिनाइपछि मिलेको हो। उनले आफ्नो करियरको सुरुवातमा, अस्वीकृतिको सामना पनि गरिन। 

कट्रिनाले हालै एक अन्तर्वार्तामा उनले सन् २००३ मा आएको फिल्म सायामा अभिनयका लागि अस्वीकृत हुँदा आफूलाई धेरै हदसम्म डिप्रेशनमा पुर्‍याएको​ बताएकी हुन्। 

अस्वीकृत भएको कुरा सुनेर आफू धेरै बेर रोएको र आफ्नो करियर सुरु हुनुभन्दा पहिले नै समाप्त भएको ठानेको पनि कट्रिनाले बताइन्। यो रिजेक्शनपछि आफू कहिल्यै हिरोइन बन्न नसक्ने सोच समेत पलाएको उनले सुनाइन्।

कट्रिनाले भनिन्– ‘साया फिल्ममा एक सट मात्र सुटिङ गरेपछि मलाई निकालियो। निकालिएको होइन, रिप्लेस गरियो। चलचित्रमा जोन अब्राहम र तारा शर्मा मुख्य भूमिकामा थिए। त्यतिबेला मलाई मेरो जीवन र करियर दुवै एकै समयमा समाप्त भएको महसुस भयो। म धेरै बेर यो सुनेर रोएँ।’
 

शनिबार, कार्तिक ०५, २०७९
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!