मङ्गलबार, २३ सेप्टेम्बर २०२५

सिरहामा विङ्गरकाे ठक्करबाट एकजनाको मृत्यु

News Image
• • •

सिरहाको धनगढीमाई नगरपालिका–७ मा विङ्गरको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ। 

मृत्यु हुनेमा मोटरसाइकल चालक गोलबजार नगरपालिका–१२ बस्ने २२ वर्षीय अमरेश कुमार मण्डल रहेका छन्। उनको उपचारको क्रममा कसहा हेल्थ केयर सिरहामा मृत्यु भएको हो। 

घाइते भएकी मोटरसाइकलमा पछाडी सवार १८ वर्षीया पर्वती देवी मण्डलको भने मेट्रो हेल्थ केयरमा उपचार भइरहेको छ। 

प्रदेश २–०१–००१ प ३९ ८२  नम्बरको मोटरसाइकललाई बा २१ च ५८४४ नम्बरको विङ्गरले हिजो साँझ सवा ६ बजे  ठक्कर दिएको थियो। विङ्गर चालकलाई  भने प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यलय सिरहाले जनाएको छ।

मंगलबार, कार्तिक १५, २०७९
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)