आइतबार, ०३ अगस्ट २०२५

मोरङ-३ ‘क’ : स्व. शेखरचन्द्रकी श्रीमतीलाई टिकट दिनुपर्ने माग गर्दै नाराबाजी

तेजन खड्का

तेजन खड्का

विराटनगर
News Image
• • •

नेपाली कांग्रेसका कार्यकर्ताले मोरङ क्षेत्र नम्बर ३ ‘क’ को प्रदेशसभा सदस्यको टिकट मानबहादुर लिम्बूलाई दिएको भन्दै नाराबाजी सुरु गरेका छन्।

क्षेत्र नम्बर ३ ‘क’ का उम्मेदवार तथा प्रदेश १ का वन, वातावरण तथा भू-संरक्षणमन्त्री शेखरचन्द्र थापाको निधन भएपछि पार्टीले लिम्बूलाई टिकट दिएपछि निर्वाचन अधिकृतको कार्यालय बेलाबारीमा कार्यकर्ताहरुले नाराबाजी सुरु गरेका हुन्।

कार्यकर्ताहरुले निधन भएका थापाको श्रीमतीलाई टिकट दिनुपर्ने माग गरेका छन्। थापाको श्रीमती लक्ष्मीले टिकट नपाउन्जेल आन्दोलन जारी राख्ने आन्दोलनकारीहरुले बताएका छन्। उनीहरुले मनोनयनमा अवरोध गरिरहेको छन्।

श्रीमतीले टिकट पाए स्व. मन्त्री थापाको आत्माले शान्ति पाउने र आत्मसम्मान हुने जनाएका छन्। थापाको बुधबार बिहान १० बजेर ४० मिनेटमा नोबेल अस्पतालमा निधन भएको थियो।

थापा सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेका थिए। असोज २३ गते उम्मेदवारी दर्ता गराउँदा नै थापा बिरामी थिए। उनलाई काठमाडौंस्थित ह्याम्स अस्पतालमा १७ दिन आईसीयू र ५ दिन वार्डमा राखेर उपचार गरिएको थियो।

थापालाई क्याप्सिका निमोनिया भएको थियो। त्यस्तै डेंगी पनि थपिएको थियो। उनलाई गत सोमबार बेड रेस्टको लागि भन्दै नोबेल अस्पताल ल्याइएको थियो।

बिहिबार, कार्तिक २४, २०७९
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!