जनमत : यसपालीकाे भाेट स्वतन्त्रलाई (भिडियाे)

निर्वाचन नजिकिएसँगै देशभर चुनावी प्रचारप्रसार व्यापक रूपमा भइरहेको छ। देशभरका सबै प्रतिनिधि सभा तथा प्रदेश सभाका उम्मेदवारहरू भोट माग्न गाउँ–गाउँ पुगिरहेका छन्।

उम्मेदवारहरू मतदातालाई आफ्नो पक्षमा पार्न चुनावी अभियानमा जुटेका छन्। त्यसक्रममा मतदाताहरूले पनि उम्मेदवारहरूप्रति विभिन्न किसिमका धारणा बनाइरहेका छन्।

काठमाडौँ क्षेत्र नं. २ का मतदाताहरु आफ्नो ठाउँ विकास गर्ने तथा सही ढङ्गले काम गर्ने उम्मेदवारलाई मतदान गर्ने पक्षमा छन्। मतदाताहरु कामलाई सही ढङ्गले सञ्चालन गर्ने तथा युवापुस्तालाई आफ्नो मत सदुपयोग गर्ने तरखरमा छन्। 

यसगरी मतदाताहरु उमेर पुगेका बुढाहरुभन्दा युवा पुस्तालाई मत दिँदा काम गर्छन् भन्ने विश्वासमा छन्।

उनीहरु पहिलोका जनप्रतिनिधीहरुले आश मात्र देखाएर मत आफ्नो पारेको तर काम नगरेको भन्दै यसपटककाे मत युवा उम्मेदवारलाई मत दिने पक्षमा रहको बताउँछन्।

यसै सन्दर्भमा हामीले काठमाडौं क्षेत्र नं २ का मतदाताहरुलाई कसलाई भोट हाल्ने पक्षमा हुनुहुन्छ भनेर प्रश्न  गरेका छौँ :

भिडियाे :

प्रकाशित मिति: : 2022-11-15 07:00:00

प्रतिकृया दिनुहोस्