
बिएल संवाददाता
बलिउड अभिनेता विवेक ओबराय नेपाल भ्रमणका लागि आगामी मंसिर २८ गते काठमाडौं आइपुग्ने भएका छन्।
एक भिडियो सन्देश जारी गर्दै उनले आफू सपरिवार नेपाल भ्रमणमा आउन लागेको बताएका छन्। एक साताको बसाइमा उनले लुम्बिनीमा आयोजना हुने मिट एण्ड ग्रीट कार्यक्रममा भाग लिनेछन्।
त्यसपछि श्रीमती प्रियंका अल्वा, छोरा भिभान र छोरी अमेयासहित सगरमाथा आधार शिविर, पोखरा र काठमाडौंको पशुपतिनाथ लगायतका ठाउँ घुम्ने उनको योजना छ।
‘नेपालसँग भारतको सम्बन्ध हजारौं वर्षदेखि धार्मिक, सांस्कृतिक र ऐतिहासिक रुपमा बलियो छ,’ भिडियोमा ओबरायले भनेका छन्, ‘हामी नेपाली र नेपाली हामी जस्तै छौं। २० वर्षको अभिनय करिअरमा नेपाली फ्यानले दिएको मायालाई सम्झिंदै नेपाल घुम्न आउन लागेको छु।’
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
एउटा युवाको सपनाः आमा म विदेश जान चाहन्छु…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया