कुसुम गौतम
आज फेरि
अर्को प्रश्न उठेको छ
ममताको शून्य आचलबाट
हे इश्वर! किन मौन छौ तिमी?
रित्तिएका आँखाहरूले
सुख्खा सपना
बुनी रहेकीछिन् आमा
क्रूरताले पराकाष्ठा
नाघिसकेको बाटोमा
मानवताका पाइला खोजिरहेकी छिन्
कठै... ती आमा
आफ्नो छाती चसक्क चस्किँदा
सन्तानप्रतिको चिन्ता
मनमा हजारौँ कुराहरू खेल्दै
बेदनाका छालहरू उर्लिएर आउँथे
आज झन्
कति चस्केका होलान्
तिम्रा छातीहरू
तिमी कति व्याकूल भयौँ
प्रत्येक ढुक्ढुकीको दुःखाइमा
गाँठो परेको गलाबाट
निचोडिएका दुई शब्द
'उठन छोरा! उठ त'
भावना विहीन वर्तमानको क्षण
सुनसान भित्रि मनको
कोलाहलमा
निष्प्राण सन्तानको
ओठबाट
'आमा!' भन्ने पुकार सुन्न
कति लालायित भयौँ
तर... चुपचाप भए
बन्द ओठ
सधैँ सधैँका लागि...
मौन ईश्वर, चिम्लिएका आँखा
आज फेरि हारेका छन्
बन्दुक अघि
ममताका आँचलहरू।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया