कुसुम गौतम
आज फेरि
अर्को प्रश्न उठेको छ
ममताको शून्य आचलबाट
हे इश्वर! किन मौन छौ तिमी?
रित्तिएका आँखाहरूले
सुख्खा सपना
बुनी रहेकीछिन् आमा
क्रूरताले पराकाष्ठा
नाघिसकेको बाटोमा
मानवताका पाइला खोजिरहेकी छिन्
कठै... ती आमा
आफ्नो छाती चसक्क चस्किँदा
सन्तानप्रतिको चिन्ता
मनमा हजारौँ कुराहरू खेल्दै
बेदनाका छालहरू उर्लिएर आउँथे
आज झन्
कति चस्केका होलान्
तिम्रा छातीहरू
तिमी कति व्याकूल भयौँ
प्रत्येक ढुक्ढुकीको दुःखाइमा
गाँठो परेको गलाबाट
निचोडिएका दुई शब्द
'उठन छोरा! उठ त'
भावना विहीन वर्तमानको क्षण
सुनसान भित्रि मनको
कोलाहलमा
निष्प्राण सन्तानको
ओठबाट
'आमा!' भन्ने पुकार सुन्न
कति लालायित भयौँ
तर... चुपचाप भए
बन्द ओठ
सधैँ सधैँका लागि...
मौन ईश्वर, चिम्लिएका आँखा
आज फेरि हारेका छन्
बन्दुक अघि
ममताका आँचलहरू।
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
इतिहास फेरिन्छ– जब जनताको चेतनाले ‘नयाँ अध्याय’ लेख्छ
सच्चिएनन् पुराना दल, बरू भए सक्किन तयार
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
रापिएको ‘रविमण्डल’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया