बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाविधेशनको दोस्रो दिन बन्दसत्र सुरु हुन ढिलाइ भएको छ।
बिहान साढे ८ बजेबाट सुरु हुने भनिएको बन्दसत्र अझै सुरु हुन नसकेको हो। प्रतिनिधि विवादले बन्दसत्रमा ढिलाइ भएको एक केन्द्रीय पदाधिकारीले बताए।
बन्दसत्रमा विवाद भएपछि सभापति रवि लामिछाने र वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन्द्र शाह छलफलमा जुटेका छन्।
प्रधानमन्त्री बसिरहेको रिसाेर्ट लटौली स्याङ्चुरीमा बिहानैदेखि दुई नेताबीच छलफल भइरहेको बताइएको छ।
बन्दसत्रमा सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन र प्रस्ताव पेस गर्ने कार्यतालिका रहेको छ। त्यस्तै, अन्य नेताहरूले पनि विभिन्न प्रतिवेदन र प्रस्ताव पेस गर्नेछन्।
पार्टीको सभापति र वरिष्ठ नेताको पदमा सर्वसम्मत नेतृत्व चयन हुने निश्चित भए पनि निर्वाचन हुने बाँकी पदाधिकारी र ९९ केन्द्रीय सदस्य पदमा भने प्रतिस्पर्धा हुने देखिएको छ।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया