
बिएल संवाददाता
शुक्रवारदेखि सुरू भएको नेपाली पत्रकारहरूको कुम्भ भेलाका कारण कर्णालीको राजधानी सुर्खेतमा रमझम छ भन्ने अनुमान गर्न सकिन्छ। विशेष गरि पत्रकारीता गर्नेको संख्या भन्दा राजनिति गर्नेको संख्या धेरै रहेको पत्रकार महासंघको साधारण सभाले धेरैको ध्यान खिचेको छ।
पत्रकार महासंघको महत्व कति भन्ने कुरा साधारण सभामा राष्ट्रपतिको उपस्थितिले पनि देखाएको छ। सुर्खेत जान छुटेका पत्रकारहरूले सामाजिक सञ्जालमा पोखेका कतिपय अभिब्यक्तिले महासंघप्रतिको गरिमा अलि ओझेल पार्ने प्रयास पनि गरिएको देखिन्छ। त्यसो त पत्रकारिताको गरिमा सुर्खेतमा जोगिन्छ वा जोगिँदैन भविस्यले देखाउने छ।
वर्षभरि पत्रकार महासंघ, प्रेस काउन्सिल र अन्य पत्रकारका संघ–संस्थाले गर्ने विभिन्न नामका दर्जनौँ पुरस्कार र सम्मानमा दर्ज हुन अनिवार्यजस्तै मानिएको कुम्भ भेलामा उपस्थिति जनाउन नपाएका वा नचाहेकाको गुनासो कति जायज आत्म मुल्याङ्कन काफि हुन्छ। दलको छहारीमा पत्रकारिता स्वच्छ हुँदैन स्वीकार्य तथ्य हो।
पत्रकार महासंघ र प्रेस काउन्सिलले वर्षभरि वितरण गर्ने पुरस्कार र सम्मानमा भाग लाग्नका लागि मात्र नभएर हकहितका सवालमा सुर्खेतको छलफल केन्द्रित हुन्छ भन्नेमा धेरैको शंका छ। गएका विभिन्न निर्वाचनमा उम्मेदवार बनेका वा उम्मेदवारकाे हनुमान बनेर भक्तिगानमा ब्यस्तहरूको झुण्ड सुर्खेत कुम्भमा देखिनु सोभनिय होइन सायद।
खुला मतदानमार्फत् चुनिएका पत्रकारका नेतृत्व सर्वस्वीकार्य पात्र हुन् र हुनुपर्छ। नेपाल पत्रकार महासंघको विधान २०६० (पाँचौं संशोधन, २०७६) मै उल्लेख छ– आफ्ना पदाधिकारी एवं सदस्यहरूलाई कुनै पनि राजनीतिक संगठनको कुनै पनि विभाग वा समितिमा रहेर काम गर्न निषेध गरिएको छ। तर, दलका उम्मेदवार बनेका कतिपय पत्रकार सुर्खेतको झुण्डमा देखिए।
पत्रकारका हातमा पारिश्रमिक नपरेका कथादेखि पत्रकार हक हितमा कहिल्यै चासो नदिनेहरू राजनीतिमाथि जायज प्रहार हुँदा तछाड–मछाड गर्ने गरेका दृष्यले पत्रकारहरूका कलम नतर्से पनि मन भने दुख्ने गर्दछ। भरोसा गरिएको अंग पत्रकार महासंघ र नियमन निकाय प्रेस काउन्सिलमा समय–समयमा हुने नसुहाउँदो राजनीतिले आम पत्रकारको चित्त दुखेको कुरा सुर्खेतले सम्बोधन गर्नुपर्छ।
शुक्रवार दिनभर उद्घाटन र औपाचारिक सत्रमा ब्यस्त साधारण सभाले बाँकी रहेको एकदिनमा पत्रकार र पत्रकारिताका बारेमा कति छलफल गर्न सक्छ त्यो सहजै अनुमान लाउन सकिन्छ। विगतजस्तै यो पटकको साधारण सभापनि कर्मकाण्डीय बन्नेमा दुईमत छैन। पारिश्रमिक समयमा नआउँदा पनि मोफसलमा बसेर जोखिमताका साथ पत्रकारिता गर्नेहरूको एउटै अपेक्षा हो सुर्खेत यो पटक पत्रकारको हितमा उभियोस्।
आजपनि आम नागरिकले असहजतामा याद गर्ने एउटा मात्र शब्द हो, ‘पत्रकार’। पत्रकारिताका नाममा हुने विभिन्न गलत हर्कतले कसैलाई सबै भन्दा बढी दुख्छ भने त्यो हो, ‘पत्रकार’। सचेत बनाउने, भुइँदेखि छतसम्मका खबर लिने र दिने कोही छ भने त्यो हो, ‘पत्रकार’। रूप एक गुण अनेक त्यो हो, ‘पत्रकार’। त्यसैले ‘पत्रकार’को एउटै कामना र अपेक्षा छ सुर्खेतले ‘पत्रकार’लाई न्याय गरोस्। अस्तु!
(याे पत्रकार सुवेदीकाे निजी विचार हाे।)
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया