गठबन्धन जोगाउन नसक्दा पहिलो पार्टी बने पनि कांग्रेसले गुमायो संघदेखि प्रदेशसम्मको सत्ता

पहिलोपोष्ट

काठमाडाैँ

गठबन्धन जोगाउन नसक्दा पहिलो दल बनेको नेपाली कांग्रेसले सत्ता गुमाएको छ। सभापति शेरबहादुर देउवाको नेतृत्वमा निर्वाचनमा गएपछि अघिल्लो निर्वाचनमा दोस्रो बनेको कांग्रेस यसपटक ८९ सिट पाउँदै पहिलो बनेको थियो।

यद्यपि गठबन्धन जोगाउन नसक्दा सत्ता गुमाएको हो। गठबन्धनमा राष्ट्रपति र प्रधानमन्त्री नछाड्ने अडान लिएपछि माओवादी एमालेसँग मिल्दा कांग्रेसले सत्ता गुमाएको हो।

योसँगै अब ७८ सिट पाएको एमालेको सहयोगमा ३२ सिट पाएको माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बन्ने भएका छन्।

प्रचण्ड नेतृत्वको गठबन्धनलाई एमालेसहित राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी, जनमत पार्टी र नागरिक उन्मुक्तिको पार्टीले पनि समर्थन गर्ने भएको छ।

प्रकाशित मिति: : 2022-12-25 18:04:00

प्रतिकृया दिनुहोस्