मङ्गलबार, १९ अगस्ट २०२५

१३औँ खुम्बु ल्होसार कप माघ २८ देखि सुरु हुने

News Image
• • •

शेर्पा समुदायको सबैभन्दा ठुलो खेलकुद प्रतियोगिता १३औँ खुम्बु ल्होसार कप आयोजना हुने भएको छ।

शेर्पा समुदायको महान् चाड ल्होसार (नयाँ वर्ष)को अवसरमा विगत् १२ वर्षदेखि आयोजना हुँदै आएको खुम्बु ल्होसार कप यसवर्ष खुम्जुङ युवा क्लबले आयोजना गर्ने भएको छ।

सोलुखुम्बुस्थित खुम्बु पासाङ ल्हामु गाउँपालिकाको विभिन्न गाउँमा जन्मिएर हाल काठमाडौँमा रहेका युवा पुस्ताको खेलकुदप्रति लगाव र प्रतिभाको प्रदर्शन, प्रस्फुटन र समुदायका सम्पूर्णलाई एउटै ठाउँमा जोड्ने शेर्पा समुदायको सबैभन्दा ठुलो खेलकुद प्रतियोगिता ‘खुम्बु ल्होसार कप’को १३औं संस्करण गत वर्ष बढ्दो कोभिड– १९ संक्रमण र जोखिमलाई ध्यानमा राखी समुदायलाई सुरक्षित राख्न सम्पूर्ण सहभागी टिमको सल्लाह र आयोजकको निर्णयमा स्थगित गरिएको प्रतियोगिता आगामी माघ २८ देखि फाल्गुण ६ मा खुम्जुङ युवा क्लबले काठमाडौंमा आयोजना गर्न लागेको क्लबले जनाएको छ।

खेल सानो गौचरण खेलकुद मैदानमा हुने खुम्जुङ युवा क्लबले जानकारी दियाे।

विगत वर्षझैँ उत्साहजनक सहभागिता र खेलकुद प्रदर्शनको निमित्त् खुम्बु ल्होसार कपको १३औँ संस्करणको प्रशिक्षण कार्यको थालनी गर्न टिमहरुलाई अनुरोध खुम्जुङ युवा क्लबले गरेको छ।

शुक्रबार, पौष १५, २०७९
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)