'स्टार क्रिकेटर'काे विमानस्थलदेखि कारागारसम्मकाे दु:खद यात्रा

फाइल तस्विर
फाइल तस्विर

नेपाली राष्ट्रिय क्रिकेट टाेलीका पूर्वकप्तान सन्दीप लामिछाने शुक्रबार २० लाख धराैटीमा रिहा भए। उनी एक नावालिगलाई बलात्कार गरेको आराेपमा ९९ दिन जेलजीवन कटाएर रिहा भएका हुन् । 

उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले पुर्पक्षका लागि थुनामा पठाउने काठमाडाैँ जिल्ला अदातलकाे आदेश बदर गरिदिएको हो। उच्च अदालत पाटनले सन्दीपसँग २० लाख धराैटी माग्नुका साथै देश छाड्ने नपाइने र काठमाडाैँ छाड्नु परे अनुमति लिनुपर्ने सर्तसहित थुनामुक्त गरेकाे छ।

गत असोज २० गते नाबालिगलाई बलात्कार गरेको आरोपमा उनलाई नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो। उनीविरुद्ध भदौ २१ गते १७ वर्षीय किशोरीले जाहेरी दर्ता गरेकी थिइन।

सन्दीपको विमानस्थलदेखि कारागारसम्मको यात्रा

प्रहरी बृत्त गाैशालामा उजुरी परे लगत्तै अनुसन्धानमा जुटेकाे प्रहरीले गत असाेज २० गते बिहान सन्दीपकाे हातमा हतकडी लगायाे। विमानस्थलको यो एक दृश्यले सन्दीपका समर्थकलाई एकदमै भावुक बनाएकाे थियो। हातमा हतकडी र गहभरि आँसु लिएका सन्दीपलाई नेपाल प्रहरीले प्रहरी बृत्त गौशालालामा लगियो।

असोज २० गते प्रहरी बृत्ता गौशालालामा रहेका उनलाई पटक–पटक म्याद थप्दै २२ दिनसम्म गौशालाला हिरासतमा राखिएकाे थियाे। कहिले छानबिन प्रक्रिया देखाउँदै त कहिले सार्वजानिक बिदा देखाउँदै उनी गौशालाला बृत्तमै थुनिए। प्रहरी बृत्ता गौशालाले अनुसन्धान सकेपछि उनीविरुद्ध बलात्कार गरेको सबै प्रमाण जुटेको र उनलाई कम्तीमा १० देखि १२ वर्षसम्मको जेल सजायको माग गरिएकाे थियाे।

यता, हिरासतमा रहेको २२ दिनपछि गत कात्तिक १७ गते जिल्ला अदालत काठमाडौँले उनलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दियो। त्यस्तो आदेशपछि नै उनलाई सोही दिन कात्तिक १७ गतेकाे आदेशअनुसार सुन्धारा कारागारमा पुर्पक्षका लागि थुना पठाइयो। २२ दिन हिरासतमा रहेका उनी कारागार चलान भए।

कारागार चलानपछि पनि उनको घटनामा धेरै उत्तारचढाब आए। उनको पेशी र सुनुवाइ पटक–पटक स्थगित भइरहयो। कारागारमै रहँदा सन्दीप र नाबालिगको बयान सार्वजानिक भयो। बयान सार्वजनिक भएसँगै यस घटनाले नयाँ मोड लिँदै गयो। यहाँसम्म कि पीडित भनिएकी किशोरीको ३ वटा जन्म दर्ता फेला पर्‍याे।

सन्दीप कारागारमा बस्दा क्रिकेटकाे अभ्यास गर्ने र गराउने गर्थे। उनको दैनिकी पत्रपित्रका पढ्दै, किताब पढ्दै र क्रिकेट खेल्दै बित्थ्याे। कारागारमा रहँदा उनको बुबा-आमा तथा उनको दाइ उनलाई दैनिक जस्तो भेट्न आउथे। चाहे हिरासतमा रहँदा होस् या कारागारमा रहँदा होस् उनले आफू निर्दाेष रहेको दाबी गरिरहेका थिए।

सधैं देश/विदेश घुमिरहने। सबैको प्यार खेलाडी उनी साढे ३ महिना थुनामा रहँदा मानसिक रुपमा विक्षिप्त हुन पुगेका थिए। मुद्दालाई पटक–पटक स्थगित गरिरहँदा उनकाे मानसिकतामा असर परिसकेको थियो। उनी कारागारमा रहँदा उनले आफ्नाे वकीललाई चिठीसमेत लेखे।

उनीले विगत केही दिनदेखि कारागारभित्र मानसिक असरबारे परामर्श लिइरहेका थिए। अन्तत: उनी थुनामुक्त भएका छन्। तथापि, उनकाे बाँकी अनुन्धान जारी नै रहने छ।

प्रकाशित मिति: : 2023-01-13 18:32:00

प्रतिकृया दिनुहोस्