ध्रुब बस्याल
नेपाल मजदुर किसान पार्टी (नेपकिपा)का एक मात्र प्रतिनिधिसभा सदस्य प्रेम सुवालले संसदमा प्रमुख प्रतिपक्ष दलकाे नेता आफू हुनुपर्ने दाबी गरेका छन्। सांसद सुवालले बिएल नेपाली सेवासँग भिडियाे कुराकानी गर्दै यस्ताे दाबी गरेका हुन्।
‘नेमकिपा प्रतिपक्ष राष्ट्रिय जनमोर्चाभन्दा बढी मत पाएको ठुलो दल रहेकालेविपक्षी दलको जिम्मेवारी सभामुखले हामीलाई दिनुपर्छ,’ सुवालले भने।
प्रधानमन्त्रीलाई सर्मथन गरेको दलले प्रतिपक्षमा दावी गर्नु प्रजातन्त्र र कानुनविपरित रहेको उनकाे भनाइ छ।
‘प्रधानमन्त्रीलाई समर्थन गरेका कुनै राजनीतिक दलले प्रतिपक्षको दाबी गर्न मिल्दैन। कसैले यस्तो गर्छन भने प्रजातन्त्रविपरीत र आफैंले बनाएको कानुनविपरीत हुन जान्छ,’ उनले भने, ‘प्रधानमन्त्रीलाई पनि सर्मथन गर्ने अनि प्रतिपक्षको दाबी गर्ने दोहोरो चरित्र देखाउनु हुँदैन।’
संवैधानिक व्यवस्थाअनुसार प्रधानमन्त्रीलाई समर्थन नगरेका प्रमुख दलकाे सांसद संसदीय प्रतिपक्षी दलकाे नेता हुने गर्छ। संसदमा पहिलाे, दाेस्राे तेस्राे हुँदै १०औँ दलकाे हैसियतमा रहेका दलले प्रधामन्त्रीलाई समर्थन गरेका छन्। भने, ११औँ स्थानमा रहेकाे नेमकिपा र १२औँ स्थानमा रहेकाे राष्ट्रिय जनमाेर्चाले प्रधानमन्त्रीलाई समर्थन दिएका छैनन्। त्यसैले संसदमा जनमाेर्चाभन्दा अगाडि नेमकिपा रहेकाले प्रतिपक्षी दलकाे प्रमुख नेता आफू रहेकाे सुवालकाे दाबी छ।
भिडियाे:
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया