ज्ञानेन्द्र शाहीलाई प्रश्न– तपाईंकाे बिहे हुन लागेकाे हाे ? (भिडियाे)

नवनिर्वाचित मन्त्रीहरुकाे स्वागतमा सिंहदरबार दिनभरि गरम रह्याे। पहिलाे पटक अत्याधिक नयाँ अनुहारले भरिएकाे प्रचण्ड सरकारमा नयाँ–नयाँ मन्त्रीहरुले पदभार ग्रहरणमा पनि नयाँपन दिए। आफ्नाे दलका नेताले मन्त्रालयमा पदभार ग्ररण गर्दा समर्थक र कार्यकर्ताकाे पनि सहभागिता थियाे।

त्यही क्रममा भेटिए राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता एवम् जुम्लाका प्रतिनिधिसभा सदस्य ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)। उनी आफ्नाे दलका नेता राजेन्द्र लिङ्दनले ऊर्जा मन्त्रालयकाे पदभार ग्रहण गर्दासँगै थिए।

जुम्ली जनतालाई ‘मलाई जिताउनुहाेस्, म मन्त्री बन्छु’ भनेर चुनाव जितेका शाहीले मन्त्री बन्ने अवसर त पाएनन् तर आफ्ना दलका नेताहरु मन्त्री बन्दा खुसी हुँदै सिंहदरबार पुगे। उनले ऊर्जा मन्त्रालयकाे ढाेका अगाडि उभिएर मन्त्री बनेर तात्ताताे राेटी खान हतार नगरेकाेसमेत भन्न भ्याए।

‘म संसदमा पहिलाे अभ्यास गर्दैछु, अहिले मन्त्री भनिहाल्नुपर्छ भन्ने छैन। तात्ताताे राेटी खान किन हतार गर्नु र,’ सांसद शाहीले भने।

त्यस्तै शाहीले आफ्नाे पार्टी नेताले ऊर्जा मन्त्रालयकाे जिम्मेवारी पाएकाेले जुम्लामा बिजुली नपुगेका स्थानमा बिजुलीकाे पहँच पर्‍याउन सहज हुने पनि बताए।

साही क्रममा उनलाईं पत्रकारले ठट्याैली तरिकाले प्रश्न गरे,‘तपाईंकाे बिहे यही माघमा हुन लागेकाे हाे ?’

तर, सांसद शाहीले याे प्रश्नकाे जवाफ नदिएर मुस्कुराउँदै फटाफट हिँडे।

भिडियाे:

प्रकाशित मिति: : 2023-01-17 16:26:00

प्रतिकृया दिनुहोस्