बिएल संवाददाता
नेपाल मुद्रा सङकल संघ र ‘दि न्युमिस्टिक साेसाइटी अफ कल्कता’ काे संयुक्त आयाेजनामा नेपालमा पहिलाे पटक अन्तर्राष्ट्रियमुद्रा मेला – २०२३ आयोजना गरिएकाे छ।
नेपाल मुद्रा सङकल संघकाे २० औँ वार्षिक उत्सवकाे अवसरमा संघले नेपाल कला परिषद्मा मुद्रा मेला – २०२३ आयोजना गरेकाे हाे।
कार्यक्रममा संघका अध्यक्ष दिनेशराज मास्केले विभिन्न देशहरूमा छरिएर रहेकाे मुद्राहरू एकत्रीत गर्ने उद्देश्यले मुद्रा मेला आयाेजना गरिएकाे बताएका छन्।
‘सबै देशकाे आ–आफनाै मुद्रा छ।’ उनले भने,‘ विभिन्न क्षेत्र तथा देशमा छरिएर रहेका मुद्राहरू एकत्रीत गर्ने उद्देश्यले मुद्रा मेला आयाेजना भएकाे हाे। किनकी मुद्राले देशकाे कला सस्कृति, तथा इतिहास बाेकेकाे हुन्छ।’
यस्तै कार्यक्रममा बाेल्दै उनले जुन उद्देश्यका साथ संघकाे स्थापना गरिएकाे हाे, त्यस अनुरूप कार्य गर्न पाउँदा खुसी भएकाे बताए।
‘२० वर्ष अघि मुद्रालाई एकत्रीत बनाउन नेपाल मुद्रा सङकल संघकाे स्थापना गरिएकाे थियाे।’ उनले भने,‘जुन उद्देश्यका साथ यस संस्थकाे स्थापना गरिएकाे हाे। त्यस अनुरूप कार्य गर्न पाउँदा खुसी भएका छाैँ।’
यस्तै संघका उपाध्यक्ष भूमिनन्द कर्माचार्यले नेपाली मुद्रा पनि गर्भ गर्न लायक भएकाे बताए। ‘विदेशी मुद्राकाे तुलनामा नेपाली मुद्रा पनि गर्भ गर्न लायक एतिहासिक धराेहरमा छन्। यस्ता मुद्राहरूकाे संकलन तथा उचित प्रचारप्रसार गर्न सकेमा अध्यानमा सहजता र राज्यलाई समेत आर्थिक रूपमा सहयाेग पुग्ने थियाे।’
अन्तराराष्ट्रिय मुद्रा मेला २७ मार्च देखि २९ मार्च सम्म आयोजना हुनेछ। मेलामा नेपाल र भारतका मात्र नभई विश्वका सबै देशरूकाे मुद्रा प्रर्दशनमा छन्।

यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया