बिएल संवाददाता
कोशी प्रदेश र सशस्त्र प्रहरी बलको एपीएफ क्लब ललितपुर मेयर कप महिला टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन्।
आज सम्पन्न खेलमा मधेस प्रदेशलाई पराजित गरेपछि कोशी प्रदेशको उपाधि भिडन्त तय भएको हो। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको खेलमा कोशी प्रदेशले मधेस प्रदेशलाई ६२ रनले पराजित ग-यो। पहिला ब्याटिङ गरेको कोशी प्रदेशले मधेस प्रदेशलाई जितका लागि १०६ रनको लक्ष्य दिएको थियो।
जवाफमा मधेस प्रदेश २० ओभरमा ९ विकेट गुमाउँदै ४३ रनमा समेटियो। मधेशका लागि कप्तान सरस्वती चौधरीले १७ बलमा एक चौकासहित सर्वाधिक १० रन बनाइन् । यस्तै, साना प्रवीनले आठ, अमिरन निशाले आठ तथा चाँदनी खातुनले चार रन जोडिन्। बलिङतर्फ कोशीकी कप्तान रुविना क्षेत्री, निसा शाह र एलिसा खडियाले समान दुई-दुई तथा सबनम राईले एक विकेट लिइन्।
त्यसअघि, टस हारेर ब्याटिङ गरेको कोशी प्रदेशले निर्धारित २० ओभरमा छ विकेट गुमाउँदै १०५ रनको योगफल बनाएको थियो। कोशी प्रदेशका लागि कप्तान रुबीना क्षेत्रीले सर्वाधिक ३९ रनको योगदान दिइन्। उनले ३८ बल खेल्दै छ चौका प्रहार गरिन् । यसैगरी, काजल श्रेष्ठले २२, अप्सरी बेगमले १९ तथा स्मृति कटुवालले १० रन बनाइन्।
बलिङतर्फ मधेस प्रदेशकी सन्तोषी चौधरी, अमिरन निसा र अमिसा पटेलले समान दुई-दुई विकेट लिए। उपाधिका लागि एपिएफ र कोशी प्रदेशबीच यही चैत १६ गते फाइनल खेल हुनेछ।
भाद्र २३ गराएर २४ मा देश जलाउने आधार बनाउनेलाई दण्डित गर्नैपर्छ
जनताले प्रदेश सभामै अस्वीकार गरेका ललितजंगलाई पार्टीले पुर्यायो राष्ट्रिय सभा
‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया