
तेजन खड्का
नेपाली कांग्रेस उर्लाबारी नगर समितिले उर्लाबारी वडा नम्बर ६ का वडा अध्यक्ष तथा नेपाली कांग्रेस मोरङ जिल्ला सदस्य चिन्तामणि पौड्यालमाथि आज बिहान पहिचानवादीले गरेको आक्रमणबारे गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
नेपाली कांग्रेस उर्लाबारी नगर समितिले एक विज्ञप्ति जारी गर्दै आन्दोलनका क्रममा आन्दोलनकारीको नामबाट अराजक गतिविधि गर्दै कुटपिट भएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।
कोशी प्रदेशको विरोधमा आन्दोलनरत कोशी प्रदेश पुनः नामांकन संयुक्त संघर्ष समितिका पहिचानवादीहरुले तालाबन्दी गर्ने क्रममा तालबन्दी गर्ने क्रममा पौड्यालमाथि कुटपिट गरेका थिए।
कार्यबाहक सभापति राजन रायमाझीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'शान्तिपूर्णरुपमा आन्दोलन गर्ने संवैधानिक अधिकार हुँदाहुँदै जनप्रतिनिधिमाथि आफ्नै कार्यकक्षमा कुटपिट हुनु निन्दनीय र दण्डनीय रहेको भन्ने हाम्रो मान्यता रहेको छ। कुटपिटमा संलग्न व्यक्तिहरुमाथि तुरुन्त छानबिन गरी कडा कानुनी कारबाही गरियोस् भनी सम्बन्धित निकायसंग जाेडदार माग गर्दछौँ। अन्यथा, शान्ति सुरक्षा र अमनचयनका लागि आन्दोलनका नाम हुने अराजक गतिविधिहरुको कडा प्रतिवाद गर्न बाध्य हुनेछौँ।'
घटना के हो?
वडाध्यक्ष को हो भन्दै आफूमाथि हातपात भएको वडाध्यक्ष चिन्तामणि पौड्यालले बताए। उनले भने, 'म कार्यालयको अर्को ढोका बन्द गरेर निस्किरहेको थिएँ। एउटा हुल मानिस आएर वडाध्यक्ष को हो भने। मैले म हुँ भन्दा सिधै अन्धाधुन्ध कुटपिट गरे।'
उनका अनुसार पथरीशनिश्चरे नगरपालिका-२ का मनोज लिम्बू भन्ने व्यक्तिलगायतले आफूमाथि आक्रमण गरेको बताए।
वडाध्यक्ष पौड्यालले आफूलाई कुटपिट गर्नेविरुद्ध कारबाही माग गर्दै उर्लाबारी प्रहरीमा उजुरी दिएका छन्। पथरीशनिश्चरेका मनोज लिम्बूसहितले कुटपिट गरेको उजुरी प्रहरीमा दर्ता भएको छ।
आन्दोलनकारीहरुले विराटनगरमा भएको झडपपछि उपचारका क्रममा ज्यान गुमााएका पदम लिम्बू 'लाजेहाङ'लाई सहिद घोषणा गर्नुपर्ने, कोशी प्रदेश खारेज गरी पहिचानको आधारमा पुनःनामकरण गर्नुपर्ने लगायत मागसहित स्थानीय तहमा तालाबन्दी गरेका छन्।
यस्तै संघर्ष समितिले चैत १४ देखि १७ गतेसम्म प्रदेशभरका स्थानीय तहका कामकाज ठप्प गराउने घोषणा यसअघि नै गरेको थियो।
संघर्ष समितिले प्रदेशका गाउँपालिकामा १७ गतेसम्म कामकाज ठप्प गराउने बताएका छन्।
यस्तै, कोशी प्रदेश पुनः नामांकन संयुक्त संघर्ष समितिले मोरङको उर्लाबारी नगरपालिकामा तालाबन्दी गरेका छन्। आन्दोलनकारीहरुले नगरपालिकाको प्रवेशद्वारमा तालाबन्दी गरेको नगरप्रमुख गंगा खरेलले जानकारी दिए।
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
देउवाका विश्वासपात्रहरू पुनः सभापति हुन उक्साउँदै
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया