शुक्रबार, ०८ अगस्ट २०२५

नवनियुक्त मन्त्रीहरूले लिए शपथ

News Image
• • •

नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनियताको शपथ लिएका छन्।

राष्ट्रपति भवन शितल निवासमा शुक्रबार आयाेजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरूलाई शपथ गराएका हुन्।

कांग्रेसबाट पूर्णबहादुर खड्का उपप्रधानसहित रक्षा, डा. प्रकाशशरण महत अर्थ, रमेश रिजाल उद्योग वाणिज्य तथा आपूर्ति र सीता गुरूङले शहरी विकास मन्त्रीको शपथ लिएका छन्।

माओवादीबाट शक्ति बस्नेतले ऊर्जा मन्त्रीको शपथ खाएका छन्। यस्तै, नेकपा एकीकृत समाजवादीबाट बेदुराम भुसाल कृषि तथा पशुपन्छी र प्रकाश ज्वाला भौतिक पूर्वाधार मन्त्रीकाे लिएका छन्।

त्यसैगरी जसपाबाट अशोक राईले शिक्षा मन्त्री र लोसपाबाट शरतसिंह भण्डारीले श्रम मन्त्रीकाे शपथ लिएका छन्।

नेपाल समाजवादीबाट पार्टीबाट महेन्द्रराय यादवले महिला बालबालिका र नागरिक उन्मुक्तिबाट रञ्जिता श्रेष्ठले भूमि व्यवस्था मन्त्रीकाे रूपमा शपथ लिएका छन्।

शुक्रबार, चैत्र १७, २०७९
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)